Gorkha Sansar

टोलबिकास संस्थाको सराहनीय कार्य, लगायो एक हजार बिरुवा

गोरखा संसार
असार १७, गोरखा ।
टोलबिकास संस्थाहरुले टोलमा भएका गतिबिधीहरुको निरीक्षण गर्ने, मासिक बचत गर्ने जस्ता कामहरु गर्दैै आइरहेको हुन्छ । तर गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेको एक टोलबिकास संस्थाले आफ्नो टोलमा भएका खाली जग्गा तथा सडक किनाराका जग्गामा बिरुवा रोपेर सराहनीय कार्य गरेको छ ।
नगरपालिकाको वडा नं. ७ मा रहेको माझीगाउँ नयाँबस्ती टोलबिकास संस्थाले आज १ हजार बिरुवा रोपेको छ । संस्थाका अध्यक्ष राजु कुमालको अध्यक्षतामा स्थानीय युवाहरुको बिशेष सक्रियतामा बिरुवा रोप्ने काम भएको बृक्षारोपण कार्यक्रमका संयोजक अर्जुन कुमालले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नो टोलभित्र पर्ने बगर, नयाँँबस्ती, माझीगाउँ लगायतका क्षेत्रहरुका सम्पूर्ण सडक किनाराहरुमा र खाली रहेका नाङ्गो डाँडामा समेत बिरुवा रोपिएको छ ।
जुटौं माझीगाउँ नयाँबस्ती बगर सारा, बृक्षारोपण गरी हराभरा बनाई भू क्षयको रोकावट, स्वच्छ अक्सिजन युक्त बाताबरण बनाउने टोल बासीको अभिभारा भन्ने मूल नाराका साथ अघि बढाइएको बृक्षारोपण कार्यक्रममा टोलमा रहेका ७५ जना को सहभागिता रहेको थियो ।
टोलका बिभिन्न ठाउँहरुमा कपुर, असोका, खयर, सिसौ, धुपी लगायतका बिभिन्न प्रजातीका बिरुवाहरु लगाइएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.