काठमाडौं । जियो फोर्डले ग्राहकलाई फोर्डका गाडीमा विभिन्न अफर ल्याएको छ । कम्पनीले ल्याएको उक्त अफरममा फोर्डको फिगो किन्न चाहने ग्राहकले के कस्ता सुविधा पाउँछन् भन्ने धेरैको चासो रहेको छ ।
फोर्ड फिगो टाइटेनियमको मूल्य ३० लाख ९९ लाख रुपैयाँ रहेको । यो नै फोर्डको इन्ट्री लेवल मोडल हो । यो बाहेक कम्पनीले थप तीन भेरियन्टपनि बिक्री गर्दै आएको छ ।
कम्पनीले अफर गरे अनुसार फोर्डको फिगो किन्दा ग्राहकले सुरुमा ३० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । कम्पनीको मूल्य अनुसार ९ लाख २९ हजार ७०० रुपैयाँ तिर्दा पुग्ने छ ।
ग्राहकले बैंकबाट १५ लाख ४९ हजार ५ सय रुपैयाँ कर्जा पाउने छन् भने बाँकी ६ लाख १९ हजार ८ सय रुपैयाँ ४ महिना भित्र ग्राहकले भुक्तानी गर्नु पर्ने हुन्छ । यो रकममा कुनै व्याज लाग्ने छैन ।
कम्पनीले ल्याएको अफर अनुसार १० वर्षसम्मको कर्जा सुविधा पाइने छ भने अहिलेको अनुमानित व्याजदर १०.५ प्रतिशतलाई आधार मानेर यो मासिक किस्ता निकालिएको हो ।