गाेरखा संसार
जेठ १३, गोरखा ।
गोरखाको पालुङटार वडा नम्वर ६, lनिवासी एक युवा पौडी खेल्ने क्रममा मस्र्याङ्दी नदिमा डुबेर बेपत्ता भएका छन् ।
२२ वर्षका धनराज विक १२ गते दिउँसो २ वजेतिर साथीहरु सगं पौडी खेल्ने क्रममा नदिमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पालुङटार वडा नम्वर ७ नारायणचौर नजिकैबाट मस्र्याङ्दी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका विकको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ । तर अहिलेसम्म पनि उनि फेला परेका छैनन् ।