म्याग्दे गाउँ पालिकाका कर्मचारीद्धारा राहत कोषमा रकम सहयोग

अमरराज नहर्की
तनहुँ, वैशाख २१ गते ।
तनहुँका एक गाउँपालिकाका कर्मचारीले कोरोना राहत कोषमा तलब कट्टा गरेर सहयोग गरेका छन् । यस्तो उदाहरणीय काम गर्नेमा म्याग्दे गाउँपालिकाका कर्मचारी रहेका छन् । कोरोना भाईरस–कोविड–१९ को सङ्क्रमण नियन्त्रणको लागि गरेको लक डाउन गर्दा समस्यामा परेका घर परिवारलाई वितरण गरिने राहतमा मद्धत पु¥याएका हुन् ।
राहत कोषमा कर्मचारीहरूले १ लाख ७३ हजार २ सय ७० रूपैया हस्तान्तरण गरेकाछन् गाउँपालिका अध्यक्ष मायादेवी रानालाई प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले आईतबार सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि अधिकृत स्तरका कर्मचारीको ५ दिन र सहायक स्तरका कर्मचारीको ३ दिनको तलव कट्टा गरिएको लेखा अधिकृत नवराज पोखरेलले जानकारी दिनु भयो । स्वास्थ्य सेवाका कर्मचारीको तलव कट्टा गरिएको छैन । कर्मचारीवाट राहत कोषमा गर्नुभएको सहयोग धेरै सकरात्मक रहेको अध्यक्ष रानाले बताउनुभयो । दुःख परेको समयमा सबैको साथ मिलो भने समाधानको लागि मद्धत पुग्छ भनेर सहयोग गरिएको प्रमुख प्रशासकिय अधिकृत नागिलाले जानकारी दिनुभयो ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.