२१ चैत, काठमाडौं ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा शुक्रबार आगलागी हुँदा २५ घर–गोठ जलेका छन् । विजयनगर गाउँपालिका–१, गुगौलीमा शुक्रबार अपराह्न ४ः३० बजे आगलागी हुँदा २५ घर तथा गोठ जलेर नष्ट भएको कपिलवस्तुका प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक दीपशमशेर राणाले जानकारी दिए ।
राणाका अनुसार, घटनामा कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र नगद गरी एक करोडभन्दा बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।