गाडि किन्दा भारी छुट

गाेरखा संसार

भारतमा गाडी किन्ने ग्राहकलाई कम्पनीहरुले भारी छुट दिएर बिक्री गरिरहेका छन् । अप्रिल १ देखि बीएस ४ मापदण्डको सवारीसाधन बिक्रीमा सरकारले रोक लगाएसँगै सबै कम्पनीले भारी छुट दिदै आएका छन् ।

करिब २ लाख ५० हजार भारुदेखि नै गाडी किन्न सकिने भारतीय बजारमा एउटै कारमा २ लाखसम्म छुट दिएर बिक्री सुरु भएको छ ।

अटो मिडिया अटोकार इन्डियाले लेखेको छ ‘गाडी उत्पादक बीएस ४ इन्जिनमा उत्पादन भएका कारको बिक्री सक्न चाहन्छन् । त्यसैले अहिले गाडी किन्नेले निकै राम्रो अवशर पाइरहेका छन् ।’

भारतमा मारुती सुजुकी, हुन्डाई, टाटा, टोयोटा, होन्डा, जीप, महिन्द्रा, फार्ड जस्ता सबै कम्पनीले आफ्ना बीएस ४ इन्जिन युक्त गाडीको बिक्रीमा भारी छुट दिएर बिक्री गरिरहेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.