विना कसूरको आक्रमणमा परी घाइते नहर्कीको चितवन मेडिकल कलेजमा उपचार हुँदै

गोरखा संसार
फागुन २७, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ८ धुवाँकोटका एक युवामाथि विनाकारण आक्रमण गरी घाइते बनाएका छन् । धुवाँकोट ८ लामाटार निवासी इमान बहादुर नहर्कीको छोरा सञ्जय नहर्कीको लाई आफ्नै घरमा बसिरहेको बेला आज विहान करीब १० बजेतिर घरमै पुगेर ४,५ जना युवाहरुले आक्रमण गरेको जनाइएको छ ।
किन आक्रमण गरिएको हो भन्ने समेत खुलेको छैन भने घाइते नहर्कीको निधार तथा आँखामा गम्भीर चोट लागेको छ । आक्रमणमा संलग्न भनिएका सुवास वि.क., अमन वि.क, कुमार वि.क र मनिष पन्थलाई प्रहरीले आजै पक्राउ गरिसकेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घाइते नहर्कीलाई चितवन मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरी उपचार भइरहेको छ । उपचारको क्रममा समेत फोन गरी मेडिकल प्रशासनलाई समेत खर्च कम गराइदिनु भन्ने जस्ता कुराहरु गर्दै फोन समेत पिडक पक्षले गरेको बताइएको छ ।
समाजमा विनाकारण वा सानातिना कुराहरुले गर्दा हुने झैझगडा तथा बैमनस्यताको कारण समाज सभ्य र सुसँस्कृत बन्न सक्दैन । सामाजिक न्यायको सिद्धान्तलाई अंगाल्दै विकृति, बिसंगती रोक्न बेलैमा सबैले पहल गर्न सकिएन भने समाज विखण्डन तिर जाने निश्चित हुन्छ । तसर्थ सही गतलको सही रुपमा विश्लेषण गरी बेलैमा सवैले सोच्न जरुरी देखिन्छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.