Gorkha Sansar

कालिकोटमा जीप दुर्घटना हुदाँ दुईको मृत्यु

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका-२ सेरा बजारमा रोकेर राखिएको जिप दुर्घटना भएको हो । ग ३ च ४६१० नम्बरको जीप एक्कासि ब्याक भई सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले जानकारी दिए ।

दुर्घटनामा रास्कोट नगरपालिका-१ का ४३ वर्षीय मोनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको भने २२ वर्षीया रिता शाही गम्भीर घाइते रहेको उनले जानकारी दिए । उनका अनुसार रिता गर्भवती रहेको र रितालाई थप उपचारका लागि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ ।

जीप सेरा बजारबाट कालिकोट सदरमुकाम मान्मतर्फ जाने क्रममा जीप न्युट्रलमा राखेर चालक गाडी बाहिर रहेको अवस्थामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी माझीको भनाइ छ । चालकलाई नियन्त्रण लिइएको छ ।

थप समाचार

  • काठमाडौँमा निजामती कर्मचारी समायोजन विधेयकको विवाद: समितिको प्रतिवेदनमा त्रुटि र नहुँदा भएका समस्या

  • विराटनगरमा शैक्षिक योग्यताबिपरीत नियुक्ति: विवाद बढ्दै

  • ५२ जाना  पदाधिकारीको नियुक्ति सदर

  • निजामती विधेयक पारितः२बर्ष कुलिङ समय

  • आजकाे माैसम

  • उर्लाबारीका एक हजार दुई सय ९७ जना महिला लाभान्वित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.