Gorkha Sansar

दलित जनप्रतिनिधी महासंघ गठन, शुक्लागण्डकीका राजु सचिव

दुलोगौडा । नेपालका ७५३ स्थानीय तहमा कार्यरत दलित समुदायका जनप्रतिनिधीहरुले ‘दलित जनप्रतिनिधी महासंघ’ गठन गरेका छन् । दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधीको भूमिका प्रभावकारी बनाउन काठमाण्डौमा गत बैशाख ७ र ८ गते सम्पन्न भएको भेलाले महासंघ गठन गर्ने निर्णय गरेको थियो ।

गत आईतबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा भएको दोस्रो भेला मार्फत नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दीपक विश्वकर्मालाई महासंघको अध्यक्ष चयन भएका छन् । महासंघको उपाध्यक्षमा खजुरा गाउँपालिका बाँकेका अध्यक्ष डम्बर विश्वकर्मा र आरूघाट नगरपालिका गोरखाका उपप्रमुख कल्पना नेपाली छन् ।

महासचिवमा सरमइरानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्मा चयन भएका छन् । भेलाले गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख मैना बिक उपमहासचिव चयन गरेको छ । महासंघको सचिवमा शुक्लागण्डकी नगरपालिका तनहुँका उपमेयर खुम बहादुर विक राजु चयन भएका छन् । कोषाध्यक्षमा लुम्बिनी संस्कृती नगरपालिका रूपन्देहीका उपप्रमुख कल्पना हरिजन छन् ।

महासंघमा ७५३ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष सहित कार्यपालिका सदस्यहरु रहनेछन् । भेलाले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका उप प्रमुख रहने गरि २१ सदस्यीय समिती गठन गरेको शुक्लागण्डकी नगरपालिका उपप्रमुख तथा महासंघका सचिव विकले जानकारी दिए । महासंघमा नगरपालिकाका प्रमुख रहने गरि तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

थप समाचार

  • काठमाडौँमा निजामती कर्मचारी समायोजन विधेयकको विवाद: समितिको प्रतिवेदनमा त्रुटि र नहुँदा भएका समस्या

  • विराटनगरमा शैक्षिक योग्यताबिपरीत नियुक्ति: विवाद बढ्दै

  • ५२ जाना  पदाधिकारीको नियुक्ति सदर

  • निजामती विधेयक पारितः२बर्ष कुलिङ समय

  • आजकाे माैसम

  • उर्लाबारीका एक हजार दुई सय ९७ जना महिला लाभान्वित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.