गोरखा
एमनेस्टी इन्टरनेसनल समूह ७६ गोर्खाको २३ औँ वार्षिक साधारण सभा २८ गते शनिबार गोरखाको हरमटारीमा सम्पन्न भएको छ।
समूह ७६ गोरखाका संयोजक कमलप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै समूहका पूर्व संयोजक डाक्टर रविन्द्र कडेलले एमनेस्टी अभियानलाई प्रभावकारी ढंगबाट अगाडि बढाउन आवश्यक सुझावहरू सहित आफ्ना भनाइ राख्नुभएको थियो। समूहका पूर्व संयोजक रमेश अधिकारी ले विशेष अतिथिको रूपमा आफ्ना भनाइहरु राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन समूहका सचिव एकदेव दुवाडीले गर्नुभएको थियो।
साधारण सभाले विविध समसामयिक विषयमा छलफल गर्नुका साथै केही आवश्यक निर्णयहरू समेत गरेको छ।