Gorkha Sansar

सडक निर्माण विवादः चल्यो गोली

बिरटनगर । सर्लाहीको बरहथवा नगरपालिका–४  खैरवा टोलमा शनिबार बिहान बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन् ।

सडक विस्तार विषयलार्इ लिएर विवाद भएपछि ढुङ्गा र लाठी हानाहान भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै एक ‘राउन्ड’ गोली चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता बालिष्टर सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार घटनामा इन्स्पेक्टर दिवाकर गणेशको दाहिने हातमा चोट लागेको छ भने, प्रहरी जवान प्रमेश्वर राय यादवको टाउकामा चोट लागेको छ । दुवै जनाको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा बरहथवा नगरपालिका–४ खैरवाका ५० वर्षीय टीकाबहादुर कार्की, ५२ वर्षीय कुलबहादुर कार्की, ४२ वर्षीय रमेश महतो, ३५ वर्षीय सञ्जय कुशवाह,  ३८ वर्षीय इन्दु देवी, ३५ वर्षीय उमेश महतो, २६ वर्षीय  प्रदीप कुशवाह र २८ वर्षीय अनिल कुशवाह घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्येका टीकाबहादुर कार्की र कुलबहादुर कार्कीलाई बरहथवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने, झडपमा संलग्न भएको अभियोगमा सातजनालाई नियन्त्रणमा लिइएको छ ।

यो खैरवा टोलको भित्री सडक हो । करिब तीनसय मिटर सडक निर्माणका लागि वडाबाट बजेट विनियोजन गरिएको थियो ।

नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कट्वालले बाटो निर्माणको विषयमा अगाडिदेखि भएको विवादमा केही व्यक्तिहरूले स्थानीयलाई उचालेर विवाद बढाएको बताइन् । उनका अनुसार स्थानीय नारायण खड्काको जग्गा बाटोमा परेको भन्दै उनले मुद्दा नै हालेका थिए । ‘विवाद मिलिसकेको थियो ।

तर पूर्व जनप्रतिनिधिहरूले नै उचालेर महौल बिगारेको पाइयो’–प्रमुख कट्वालले  भनिन् ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.