तनहुँ दमाैली, २२ जेठ
भू तथा जलाधार ब्यवस्थापन कार्यालय तनहुँको आयोजना, जिल्ला प्रशासन कार्यालय तनहुँको सहजिकरण एंव डिभिजन बन कार्यालय तनहुँको सहयोगमा व्यास न.पा. वडा नं. ५ काे दमाैली-पोखरा सडक खण्डको पहिरो क्षेत्र सिरिदीमा जिल्ला समन्वय समिति तनहुँका जिल्ला समन्वय प्रमुख शान्तीरमण वाग्लेको प्रमुख आतिथ्यता एंव प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको बिशिष्ट आतिथ्यतामा “प्लाष्टिक प्रदुषण न्युनीकरण, हाम्रो दायित्व” बिषयमा प्रवचन सहितको बृक्षारोपण कार्यक्रम गरिएको छ।
उक्त कार्यक्रममा बाँस, अम्रिसो, नेपियर, डालेघाँस जन्य किम्बु, राईखन्यु, निमारो,सौन्दर्यमुलक गोल्डमोहर,कल्कीफूल, कपुर तथा फलफूलजन्य अमला,रूखकटहर आदी जातका करिब १ हजार २ सय बिरुवाहरु रोपण गरिएको छ । सो कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख शान्तीरमण वाग्लेले प्लाष्टिकको प्रयोगलाई हरेक मानिसले कम गर्दै जानुपर्ने र बैकल्पिक कपडाका झोला प्रयोग गरेमा प्लाष्टिक प्रदुषण कम गर्न सकिने बताउनु भयो। स्थानिय सरकारले आवश्यक नीति बनाई प्रभावकारी कार्यान्वयन गर्न र रोपण गरिएका बिरुवाहरुको संरक्षण गर्नु पर्ने कुरालाई जोड दिनु भयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले प्लाष्टिक प्रयोग कम गरी वातावरण प्रदुषण घटाउन जोड दिनु पर्ने बताउनु भयो। कार्यक्रम सहजिकरण र स्वागत भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका कार्यालय प्रमुख दिवाकर पौडेलले गर्नु भएको सो कार्यक्रममा बिभिन्न कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु सहितको टिम एवं वडा नं. ५ का वडाध्यक्ष बिष्णु कुमार श्रेष्ठ (हिमाल), बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , सामुदायिक वन उपभोक्ता महासंघ , टोल सुधार समिति, लायन्स क्लव (महिला समुह) का प्रतिनिधिहरु र स्थानिय समुदाय समेतको उपस्थिती रहेको थियो।
५३ औ विश्व बातावरण दिवसकाे अवशरमा तनहुँमा बृहत् बृक्षारोपण कार्यक्रम
