पाल्पामा जिप दुर्घटना हुदा २ वर्षीय बालकसहित ५ जनाको मृत्यु

२२ जेठ, बुटवल । पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा एक दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो । अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, का २ वर्षीय बालक संयोग गौतम र पाणिनी-१ का ४४ वर्षीय विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । संयोगको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र विजयको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विजय पोखरेल सोही वडाका वडासदस्य हुन् । आइतबार घटनास्थलमा तीन जनाको मृत्यु भएको थियो ।

घटनास्थलमा मृत्यु हुनेहरुमा अर्घाखाँचीको पाणिनी-१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी-२ पोखराथोककी २५ वर्षीया सीता गौतम छन् । उपचारका क्रममा मृत्यु भएका २ वर्षीय संयोग मृतक सीताका छोरा हुन् । रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ साढे ५ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा १० जना घाइते छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ धरमपानी बस्ने ७ वर्षीय समीर पाण्डेय, सोही स्थानका १० वर्षीय अनुप सोमरे, पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान बस्ने ५ वर्षीया आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षीया लक्ष्मी पोखरेलको अवस्था गम्भीर छ ।

उनीहरुको उपचार भैरहवा मेडिकल कलेज रुपन्देहीमा भइरहेको छ । यस्तै अर्घाखाँचीको पाणिनी-१, का ६६ वर्षीय रामबहादुर विक, सोही स्थानका ६ वर्षीय संयोग गौतम, सोही स्थानकी ५ वर्षीया पर्विष्टी पोखरेल, सोही स्थानका १० वर्षीय सोलिन परियार र गुल्मीको रुरु गाउँपालिका बलेटक्सारका ९ वर्षीय सार्थक ज्ञवाली पनि घाइते छन् । उनीहरुको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको छ । यस्तै पाणिनी-१, अर्घाखाँचीका ४० वर्षीय हरि गौतम बुटवल चौराहा अस्पतालमा उपचाररत छन् ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.