Gorkha Sansar

पालङ्टार नगरपालिका वडा नम्बर ७ मा सञ्चालित पाँचौं वडाकप फुटबल प्रतियोगिता सम्पन्न


चैत्र ३०, गोरखा ।
गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीको खेलमैदानमा भएको पाँचौं वडाकप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको छ।
२८ गतेदेखि सुरु भएको खेलको फाइनल खेल आज भएको थियो।आज भएको फाइनल खेलमा खत्रीटार युवा क्लबले च्याङ्ली स्पोर्ट्स क्लबलाई २-१ गोल अन्तरले पछि पार्दै विजयी भएको हो। खेलमा विजेता भएसँगै खत्रीटार युवा क्लबले नगद रु ३० हजार प्रमाणपत्र र सिल्ड हात पारेको छ। त्यस्तैगरी उपविजेता आयोजक टिम च्याङ्ली स्पोर्ट्स क्लबले २० हजार प्रमाणपत्र र सिल्ड मा चित्त बुझाउनु पर्यो।
च्याङ्ली स्पोर्ट्स क्लब र खाल्टे धारापानी युवा क्लब बीच आज भएको पहिलो सेमिफाइनल खेलमा ३ -० गोल अन्तरले च्याङ्ली स्पोर्ट्स क्लब विजयी भई फाइनल खेलको यात्रा तय गरेको थियो। त्यस्तैगरी दोस्रो सेमीफाइनल खेलमा खत्रीटार युवा क्लबले च्याङ्ली स्पोर्ट्स क्लब बी लाई ७-१ गोल अन्तरले पछि पार्दै फाइनल खेलको यात्रा तय गरेको थियो।
समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले पुरस्कार वितरण गर्नुभएको थियो ।
उत्कृष्ट खेलाडी खत्रीटार युवा क्लबका निखिल अधिकारी, उत्कृष्ट गोलरक्षक खत्रीटार युवा क्लबका आशिष लामिछाने, उत्कृष्ट डिफेन्डर मा च्याङ्ग्ली स्पोर्ट्स क्लबका अमर आले र सर्वाधिक गोलकर्ता खत्रीटार युवा क्लबका सुजन अधिकारी लाई नगद रु एक हजार का साथमा ट्रफी प्रदान गरिएको थियो भने उदयमान खेलाडी को रूपमा बिरुवाटार युवा क्लबका आयुष आलेलाई ट्रफी र नगद रु ५०० प्रदान गरिएको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.