हिमाल जोगाउन नसके पर्यटन क्षेत्र संकटमा पर्ने चिन्ता

पोखरा । वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्नेको लर्को छ । हिमाल भनेकै सर्वोच्च शिखर सगरमाथा भन्ने बुझाइ संसारकै मनस्थितिमा छ र आरोहण पारखीको रोजाइमा पनि सगरमाथा नै पर्छ । आरोहणको गर्विलो इतिहास बोकेर अन्नपूर्ण प्रथम हिमाल भने ७३ वर्षदेखि ठिंग उभिएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण प्रथम आरोहण गरेर विश्व किर्तिमानी कायम गरेका थिए । उनको साथमा थिए, लुई लिचेनेल ।

जबकि त्यसको ३ वर्षपछि मात्रै सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरो चुमेका थिए ।नेपालमा हिमाल आरोहणको ७३ वर्ष पुगेको छ । हर्जोगले अन्नपूर्णमा पाइला टेकेकै दिनलाई पछिल्ला वर्षहरुमा अन्नपूर्ण दिवसका रुपमा मनाइँदै आएको छ । यही अवसरमा अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखराले गरेको कार्यक्रममा आरोही मौरिसलाई सम्झिँदै अन्नपूर्णको चिन्ता गरिएको छ ।

जलावायु परिवर्तनको मारमा यतिबेला सबैभन्दा हिमाल परेको चिन्ता सरोकारवाला गर्छन् । चाँदी झंै टलक्क टल्कने हिमालका चुचुरामा सिजनमै पर्याप्त हिउँ नपर्दा कालापत्थरमा परिणत भइरहेका छन् । फोहोरको डुंगुर हिमालको चचुरोसम्म पुग्दैछ । कार्यक्रममा सहभागीले हिमाल जोगाउन नसके पर्यटन क्षेत्र संकटमा फस्नेमा एकमत राखे । पर्यटन व्यवसायी लक्की कार्कीले अन्नपूर्ण हिमाल गण्डकी प्रदेशको समृृद्धिको कोशेढुंगा भएको बताइन् । पछिल्लो समय हिमाल जोगाउन चुनौती सिर्जना भएको सुनाइन् ।

जलवायु परिवर्तनको असर हिमालमा पर्दा पर्यटन व्यवसाय धरासायी बन्ने निश्चित रहेको उनको भनाइ छ । ‘मे कै महिनामा पनि हिजोआज झन्डै ३४ डिग्री तापक्रम भइसकेको छ । जुन, जुलाइ अगस्ट त जानु नै छ’, उनले भनिन्, ‘यसरी जलवायु परिवर्तन हुँदाखेरि हाम्रो हिमालहरु पग्लेर आउने, ब्लास्ट हुने हुँदा विनाश धेरै हुन्छ । हाम्रो व्यवसाय नै धरापमा पर्छ ।’

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले जलवायु परिवर्तन हिमाल कालापत्थरमा बन्नेमा सहमत छन् । कसरी असर कम सकिन्छ विषयमा गम्भिर बन्नुपर्नेमा उनको जोड छ । उनले भने, ‘हिजोका दिनमा हिमाल चढेमात्रै पुग्थ्यो । अहिले आरोहणसँगै हिमालमा फोहोर कसरी व्यवस्थापन गर्ने, आधार शिविर कसरी बचाउने र जलवायु परिवर्तन कसरी कम गर्ने भन्ने विषय पनि सँगसँगै आउँछ ।’ हिमाल जोगाउन व्यक्ति व्यक्तिले भुमिका खेल्नुुपर्ने उनको तर्क छ ।

पर्वतीय पर्यटनलाई सरकारले नचिनेको शेर्पाको गुनासो गरे । ‘यदि सरकारले चिनेको खण्डमा हामी कसैसँग पनि भर पर्न पदैैन । हाम्रो प्रतिस्पर्धी पनि नभएको । हामीले गर्न सक्ने, हाम्रो पहिचान बन्ने र नेपालीलाई नै चिनाउन सक्ने पेशाको रुपमा स्थापित गर्न सक्छौं’, उनले सुनाए । पर्वतीय पर्यटनका क्षेत्रमा ४ पुस्ताको योगदान रहेकै कारण अहिलेको स्थितीमा आएको बताए ।

अन्नपूर्ण आरोहणले गण्डकीको पर्यटनलाई विश्वमाझ चिनाएको तर प्राथमिकतामा नपरेकोमा गुनासो छ । पर्वतीय पर्यटनको विकास नभए समग्र पर्यटन क्षेत्र पछाडि पर्ने पर्यटनकर्मीले बताए । नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शेषकान्त शर्माले अन्नपूर्ण गण्डकी प्रदेशको सम्बृद्धिको आधार बन्नुपर्ने बताए । ‘जे जति पर्यटक भित्रिएका छन् अन्नपूर्ण आरोहणका कारण हो नै’, उनले भने, ‘सँगै पर्वतारोहण भएको खुम्बु क्षेत्र अगाडि बढ्यो । तर, अन्नपूर्ण बढ्न सकेन । कहीं न कहीं अन्नपूर्ण क्षेत्रलाई जनजीविकासँग जोड्न सकेनौं कि ? फेदमा बस्ने मानिसहरुलाई आयआर्जनसँग जोड्न सकेनौं कि ?’

अन्नपूर्ण जेठो हिमाल भएपनि किलर माउन्टेनको परिचय बनाएकै कारण आरोही कम भएको उनको अनुमान छ । नेपाल पर्वतारोहण संघको तथ्याङक् अनुसार विश्वको १० औं सर्वोच्च शिखर अन्नपूर्णमा सन् २०२१ सम्म ३०९ आरोहीले आरोहण गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले गण्डकी प्रदेशको समृद्धिको आधार हिमश्रृंखला भएको बताए । ‘हामीसँग धेरै चुुचुराहरु छन् । ति चुचुरालाई संरक्षण गरेर बढीभन्दा बढी प्रबद्र्धन गरेर पर्यटक भित्र्याउन सकिन्छ’, उनले भने ।

पोखरा पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानले अन्नपूर्ण आरोहणकै कारण पोखरा र हिमाल आसपासको पर्यटन प्रबद्र्धन भएको बताइन् । पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिका शाही योगीले पर्यटनलाई आयआर्जनसँग जोड्नुपर्ने बताइन् । पोखराको पर्यटन हिमालमा निर्भर रहेकाले हिमाल बचाउन महानगर चिन्तित रहेको उनको भनाइ छ ।

हिमाल जोगाउन र प्रवद्र्धनमा भूमिका खेल्ने गण्डकी प्रदेशकि सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशील सिम्खडाको प्रतिबद्धता छ । अन्नपूर्ण हिमाल गण्डकीको कला, संस्कृति र पर्यटन जोडिएको बताइन् । ‘अन्नपूर्ण हाम्रो गौरव हो, सम्पत्ति हो । यसलाई अझै प्रवद्र्धन गर्न अब सरकारले के गर्ने भन्ने विषयमा गण्डकी प्रदेश सरकारको चासो रहन्छ’, उनले भनिन् ।

सन् २०२१ अप्रिलमा ६ जना नेपाली महिला आरोहीले अन्नपूर्ण हिमाल आरोहण गर्दै नयाँ किर्तिमानी बनाएका थिए । २०७८ बैशाखमा गोरखाकी पूर्णिमा श्रेष्ठले पनि अन्नपूर्ण चढिन् । गएको बैशाख २ गते कतारी राजकुमारी शेखा अस्मा अलथानीले अन्नपूर्ण प्रथमको आरोहण गरेकी थिइन् ।
सन् १९७८ मा १ अमेरिकी र १ चेकोस्लोभाकियाकी महिलाले अन्नपूर्णको सफल आरोहण गरेका थिए । देवी र जेठो हिमालको उपमा पाएको अन्नपूर्ण प्रथमको चुचुरोमा पाइला राख्न लालयित आरोही वर्षेनी बढ्दैछन् । तर, राज्यले पनि यो हिमालको महत्वलाई विश्व बजारमा पु¥याउन सकिरहेको छैन ।

 

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.