मेयर पण्डितले सहयोग गरेपछि दुलेगौडा–हर्कपुर मोटर मार्गमा काम धमाधम


दुलेगौँडा ।
ठेक्का पाएको कम्पनीले ढिलासुस्ती गर्दा बर्षाैसम्म अलपत्र परेको दुलेगौँडा हर्कपुर मोटर मार्गको स्तरोन्नतीको कामले तीब्रता पाएको छ । चर्काे दवाव पछि निर्माण कम्पनी अहिले काममा फर्किएको छ । शंकरमाली जेभिका प्रतिनिधि श्याम लामा अहिले मोटर मार्ग निर्माणमा आफै खटिएर स्तरोन्नतीको काम गर्न थालेको पाइएको छ ।
शुक्लागण्डकी नगरपालिकाका कृष्णराज पण्डितको धन जमानीमा सहयोग प्राप्त गरेपछि निर्माणको कामले तीव्रता पाएको वडाध्यक्ष सचिन भुजेलले जानकारी दिनुभयो । भुजेलका अनुसार मेयर पण्डितले निर्माण कम्पनी कालोसुचिमा परेका कारण समस्यामा परेपछि आफैले आर्थिक सहयोग गरेर निर्माण कार्य अघि बढाउनुभएको हो ।
सोमबार शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले दुलेगौाडा हर्कपुर मोटर मार्गमा भईरहेको कामको अवलोकन गर्दै जनताको अपेक्षा अनुसार कामलाई तिव्रता दिन निर्माण कम्पनीका लामालाई निर्देशन दिनुभयो । मेयर पण्डितले लामो समयदेखि जनताले प्रतिक्षा गरेको सडकको स्तरोन्नती गर्न नगर सरकारले चासो दिइरहेको बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई आवश्यक पर्ने निर्माण सामाग्रीदेखि अन्य सहयोग गर्न आफुहरु तयार रहेपनि निर्माणको कामले तीव्रता पाएको बताउनुभयो । अलपत्र परेको कामले तीव्रता पाएपछि स्थानीयमा समेत नगर सरकारप्रतिको विस्वास बढ्न थालेको उहाँले दावि गर्नुभयो ।
यस बर्ष बन्केवाको बगैचासम्म मोटर मार्ग पक्की बनाउने गरि निर्माण कम्पनी लागि परेको बताउनुभयो । स्थानीय जत्तिकै सडक निर्माणमा आफू चिन्तित रहेको बताउदै लामाले आगामी असारसम्म सडक स्तरोन्नती गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.