२४ फागुन, तनहुँ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ को अवसरमा दमाैलीमा आयोजित खुल्ला कविता प्रतियोगितामा ममता बिक प्रथम भएकी छन् । महिला दिवसको सन्दर्भमा व्यास नगरपालिका, सामाजिक बिकास कार्यालय र महिला सशक्तिकरण सञ्चार समाज तनहुँको आयोजनामा भएको खुल्ला कविता प्रतियोगितामा सत्यवति माध्यमिक विद्यालयकी छात्रा विश्वकर्मा प्रथम भएकी हुन् ।
“महिला र श्रम’ विषयमा आयोजित कविता प्रतियोगितामा व्यास-१० निवासी लक्ष्मी तिमल्सिना पौडेल द्वितीय र शुक्लागण्डकी-३ निवासी आशा पौडेल तृतीय स्थान हासिल गर्न सफल भए ।
साथै प्रतियोगितामा व्यास-२ की राममाया श्रेष्ठ र शुक्लागण्डकी-५ खैरेनीटारकी लक्ष्मी भण्डारी कार्कीले सान्त्वना स्थान हासिल गरेका छन् ।
महिला श्रमिकका हक, अधिकार तथा चुनौतीबारे जनचेतना अभिवृद्धि गर्न तथा साहित्यिक सिर्जनाका माध्यमबाट महिला सशक्तिकरण र श्रम अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले कविता प्रतियोगिता आयोजना गरिएको महिला सशक्तिकरण सञ्चार समाज तनहुँकी अध्यक्ष अञ्जु दाहालले जानकारी दिइन्।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार र २/२ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुनेलाई व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपाने, सामाजिक बिकास कार्यालय प्रमुख बिदुरहरि आचार्य तथा उपप्रमुख इन्दिरा दरै लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा कवि नारायण पोख्रेल, गण्डकी वाङ्मय प्रतिष्ठानकी अध्यक्ष गौकुमारी न्यौपाने र रूक्मीणि
पौडेल निर्णायक रहेका थिए ।
