Gorkha Sansar

खुकुरी प्रहार गरी दुई जना घाईते बनाउने बालक प्रहरी नियन्त्रणमा

रविन्द्र कडेल गोर्खा

गोर्खा नगरपालिका वडा नम्बर ७ धारापानीमा लाखे हेर्न गएको बेला खुकुरी प्रहार गरी घाइते बनाउने बालकलाई प्रहरीले प्रहरी नियन्त्रणमा लिएको छ!

श्रावण २७ गते बेलुका करिब साढे सात बजेतिर गोर्खाको धारापानीमा लाखे हेर्न गएका मध्ये रुबिन बरामसँग पहिले नै विवाद भएको निहुमा गोरखा नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष १७ का एक बालकले खुकुरी प्रहार गरी एकजना बालक लाई आक्रमण गरेपछि निजकै बुबा आकाश घिमिरे लाई पनि छुट्याउने क्रममा खुकुरी लागेर घाइते भएका थिए। घाइते दुवै जनालाई उपचारपछि डिस्चार्ज गरिसकिएको र आक्रमण गर्ने बालकलाई प्रहरी नियन्त्रणमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ॥

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.