Gorkha Sansar

तनहुँ जिल्लाको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा अति रुद्राभिषेक एवं हवन महायज्ञ सुरु

  • शंकराज नहर्की । तनहुँ २८ साउन २०८१ सोमवार ।
  • तनहुँ जिल्लाको पवित्र धार्मिक तीर्थस्थल देवघाट धाममा आजबाट पाँच दिने अति रुद्राभिषेक एवं हवन महायज्ञ सुरु भएको छ।

देवघाट गाउँ पालिका वडा नं ५ मा रहेको श्रीहरिहर सन्यास आश्रयमा उक्त महायज्ञ सुरु भएको हो । राष्ट्रकल्याण , शान्ति तथा जीवजन्तुका लागि भगवान शंकरलाई जलधारा अभिषेक गरेमा शान्ति मिल्ने पुण्य विश्वासका साथ उक्त यज्ञ सुरु गरिएको हरिहर सन्यास आश्रम देवघाटका व्यवस्था प्रमुख एवं परमानन्द संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य स्वामी सचितानन्द सरस्वतीजी महाराजले बताए ।

श्री हरिहर सन्यास आश्रमका अध्यक्ष पिठादिश श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराजको पावन सामनिध्यतामा अति रुद्राभिषेक महोत्सव सुरु भएको ह । महोत्सव आजबाट सुरु भई साउन ३२ गतेसम्म सञ्चालन हुने बताइएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.