रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । नेकपा एमालेको सामाजिक सेवा विभागका पदाधिकारीसँगको भेटघाटमा मन्त्री चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिकका ऐन निर्माण, नीतिगत सुधार गर्न आफु क्रियाशिल रहेको बताउनु भएको हो ।
मन्त्रालयमा भएको भेटमा मन्त्री चौधरीले नेपाल रेडक्रस सोसाइटी, समाज कल्याण परिषद्, बालअधिकार परिषद्, बाल संगठन सुधारका लागि आफु प्रतिबद्ध रहेको बताउनु भयो । मन्त्री चौधरीले पार्टीले दिएको सुझाब अनुसार काम गर्दै अगाडी बढ्ने बताउनु भयो ।

एकिकृत सामाजिक विकास ऐनकालागि नागरिक समाजको प्रतिनिधि सहित विधेयक मस्यौदा समिति तत्कालै गठन गर्ने, नेपाल रेडक्रस सोसाइटीको ऐन निर्माण गर्न रेडक्रसकर्मीको प्रतिनिधित्व सहित विज्ञ समुहबाट मस्यौदा तयार गर्ने, सामाजिक संरक्षणका सवालहरुमा भएका ऐनहरुको संशोधन, ऐन नभएकाहरुकालागि नयाँ ऐन निर्माण गर्ने, राष्ट्रिय बालअधिकार परिषदलाई प्रभावकारी बनाउनका लागि बालबालिका सम्बन्धि ऐन २०७५ को संशोधन गर्ने, साथै राष्ट्रिय बालअधिकार परिषद ऐन जारी गर्ने सवालमा गृहकार्य भइरहेको पनि बताउनु भयो ।

समाज कल्याण परिषदको कामलाई प्रभावकारी र नागरिक संगठनमैत्री बनाउन परिषद अन्र्तगतका निर्देशिका, कार्यविधि र कायशैलीमा सुधार ल्याउन नीतिगत निर्णय गर्ने, आइएनजिओले नेपालमा ल्याउने लगानी पारदर्शी बनाउँदै प्रभावकारी कार्यान्वयनको अभ्यासमा रहेको जिए र पिए गर्ने प्रक्रिया लाई सहज बनाउने मन्त्री चौधरीले बताउनु भयो ।

एमालेको सामाजिक सेवा विभागले मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित सहजिकरण समितिको काम कार्वाही सहजीकरण गर्ने भन्दापनि अवरोध र अनावश्यक शक्तिको प्रयोग गरी चलखेल गर्ने र महिनौसम्म फाइलहरु विचाराधिन र निर्णय नगर्ने गरेको कारण समिति खारेजको सुझाब दिएको छ । बहुपक्षीय, द्धिपक्षीय, विकास सहायता र संयुक्त राष्ट्र संघीय निकायहरुका आयोजना, परियोजना र नेपाल सरकारले स्वीकृत गरिसकेका बाहेक नेपाल भित्रिने वैदेशिक सहयोगको, स्वीकृति र अनुमोदन समाज कल्याण परिषदबाट अनिवार्य कार्यान्वयन गर्ने र विभिन्न प्रक्रियाका नाममा भएको दोहोरोपना, विवाद र नागरिक संगठनहरुले भोगिरहेका झण्झटलाई तत्कालै निकारकरण गर्न र प्रक्रियामा नआएका संघ संगठनहरुलाई एकद्धार प्रक्रियामा ल्याउन विज्ञसहितको कार्यदल गठन गरी स्थायी समाधान निकाल्न सुझाएको छ ।

यस्तै, समाज कल्याण परिषदले गर्ने अनुगमनमा बिज्ञहरुको छनोट र परिचालन प्रकृया पारदर्शी बनाउने, परिषद अन्तर्गत रहेका सरकारी जग्गा, भवन, सम्पत्तिहरुको दुरुपयोग रोक्न भाडा सम्झौताको पुनरावलोकन, सम्पत्ति खोजविन र वर्तमान अवस्थाका बारेमा सत्यतथ्य विवरण तयार गर्न कार्यदल गठन गर्ने, बालअधिकार परिषदलाई सवल र प्रभावकारी बनाउन नीतिगत, कार्यक्रमिक र संस्थागत सुधारकालागि पार्टीको सामाजिक सेवा विभाग र सम्बन्धित जनसंगठनले मन्त्रीलाई सहयोग गर्ने बताएको छ ।

Facebook Comments Box
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.