Gorkha Sansar

काठमाडौँबाट दाहसंस्कार सकेर गोरखा फर्कँदै गरेका पाँचजनाको ज्यान गयो।

मुग्लिन- आज (शनिबार) बिहान काठमाडौंबाट दाहा संस्कार सकेर गोर्खातर्फ आउँदै गर्दा ट्याक्सी त्रिशुली नदीमा खस्दा पाँचजनाको ज्यान गएको छ।

 

प्रहरीका अनुसार मृतक पाँचै जना गोरखा नगरपालिकाका हुन्।

मृतकमा गोरखा नगरपालिका-७ का अर्जुन सिर्मल, हरिमाया रोकाया, जुनकिरी रोकाया, अन्जना रोकाया र आगमन रोकाया छन्।

उनीहरूको उमेर भने प्रहरीले खुलाइसकेको छैन। मृतकमा एक बालिका, दुई महिला र दुई पुरुष छन्।

ठुलाेबुबाकाे पशुपतिमा दाहासंकार गरेर गाेरखा फर्कने क्रममा मुग्लिन नजिकैबाट कार त्रिशुलीमा खस्न पुगेकाे प्रहरीले जनाएकाे छ । उनीहरू  सबै एकाघरका हुन् ।

आज बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो।

 

थप समाचार

  • विराटनगरमा शैक्षिक योग्यताबिपरीत नियुक्ति: विवाद बढ्दै

  • भ्रष्टाचारको आरोप: डोल्पाका प्राविधिक कार्यालयका प्रमुख र चार जनाविरुद्ध उजुरी

  • ५२ जाना  पदाधिकारीको नियुक्ति सदर

  • निजामती विधेयक पारितः२बर्ष कुलिङ समय

  • आजकाे माैसम

  • उर्लाबारीका एक हजार दुई सय ९७ जना महिला लाभान्वित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.