विवाह अगाडि १२ पास गर्नेलाई २० हजार नगद

मकवानपुर- मकवानपुरको कैलाश गाउँपालिकाले बाल विवाह रोक्नका लागि विवाह अगाडि १२ पास गरेको छात्रालाई रु २० हजार नगद हस्तान्तरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत छ जना चेलीलाई सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमअन्तर्गत प्रोत्साहन र सम्मान गरेको बताए ।

उनका अनुसार कैलाश-६ की सङ्गीता ढुङ्गाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश-१० की सरुया प्रजा र उर्मिला थिङ, त्यसैगरी कैलाश-२ की लक्ष्मी मुक्तानलाई नगदसहित सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष मुक्तानले विवाहअघि कम्तीमा पनि १० जोड २ पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताए । देशभरका स्थानीय तहमध्ये पृथक कार्यक्रमको सुरुआत गरेको उनको भनाइ छ । अध्यक्ष मुक्तानले भने, “गाउँघरमा छोरीलाई बालविवाह गर्ने, पढाइबाट वञ्चित गर्ने चलन अझै रहेको र यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने कुरामा विश्वास लिएका छौँ ।”

सम्मानित छात्रा सरुया प्रजाले गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रममार्फत सम्मान गरेकोमा आफूलाई उत्साह मिलेको र सामाजिक समस्याको रूपमा रहेको बालविवाह, विद्यालय नजानेजस्ता समस्या समाधानमा लाग्न ऊर्जा मिलेको बताए । कैलाश-६ की सङ्गीता ढुङ्गानाले प्राप्त रकमले आगामी शिक्षाका लागि सहयोग पुग्ने कारण खुसी व्यक्त गरे । यस्ता कार्यक्रमले पढ्न मद्दत मिल्नुका साथै विवाह गर्नुभन्दा शिक्षा लिनु ठीक हुनेजस्तो लाग्ने गरेको उनको भनाइ छ ।

Facebook Comments Box
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.