नेपाल दुई ढुंगा बिचको तरुल हैन दुई ठुला अर्थतन्त्र बिचको पुल हुनु पर्छ :  किरण

काठमाडौं – राप्रपा नेता रवि किरण हमालले नेपाल अब पृथ्वीनारायण शाहको पालाको मान्यता भन्दा माथि उठ्नुपर्ने बताएका छन् ।
राप्रपा, अन्तर्राष्ट्रिय सम्बन्ध विभागद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीति: विगत, वर्तमान र भविष्य’ विषयक विचार गोष्ठी कार्यक्रममा सहभागी किरणले पत्रकारलाई प्रतिक्रिया दिदै शीतयुद्धको धङधङी साथै पृथ्वीनारायण शाहले स्थापित नेपाल दुई ढुंगा बिचको तरुल भन्ने मान्यता बदल्नुपर्ने बताएका छन् ।
नेपालले रास्ट्रीय एकता कायम गर्ने , हिन्दुत्वको पहिचानलाई पुनःस्थापना गर्ने, नेपालको सभ्यता र संस्कृतिलाई पुनर्जागरण गर्ने बाहेक अन्य विकल्प नरहेको किरणको दाबी छ ।
हाम्रा दुई छिमेकी अन्तर्राष्ट्रिय राजनीतिलाई समेत प्रभावित पार्ने ल्याकत राख्छन् , आर्थिक रूपमा सम्पन्न हुँदैछन् – उनीहरुलाई मिलाएर जोडेर नेपालले उन्नति हासिल गर्ने खालको परराष्ट नीति अगाडि सार्नुपर्ने किरणले बताए ।
राजाहरुले नेपाललाई बर्बाद बनाउने लक्ष्य सहित गिद्धे नजर राख्ने शक्तिलाई परास्त गरेको पनि किरणले बताए ।
उनलेे भनेका छन् ` विश्व बहु ध्रुवमा गइरहेको छ , नेपालले पनि आफ्नै ध्रुव निर्माण गर्न सक्नुपर्छ , कसैसँग जोडिएर होईन आफ्नै शक्ति निर्माण गरेर देखाउनुपर्छ ´ ।
किरणले नेपालको परराष्ट नीतिमा चार प्रमुख समस्या समेत औल्याएका छन् । उनले रास्ट्रीय एकता कायम गर्न नसक्नु , नेपालको हिन्दुत्व सहितको पृथक पहिचान स्थापित नहुनु , वैचारिक निकटताको आधारमा सम्बन्ध विस्तार गर्नु र सत्ता स्वार्थ प्रेरित भएर सम्बन्ध निर्माण गर्ने परिपाटीले परराष्ट नीतिमा संकट आएको बताए ।
Facebook Comments Box
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.