गोरखा सदरमुकाम स्थित एक बैंकको खातामा रहेको ग्राहकको रकम चोरी भएको छ । आफु बैंकको कर्मचारी भन्दै ग्राहकलाई फोन गरेर खाता नवीकरणका लागि खाता नम्बर चाहिने भनि झुक्याएर ग्राहकको खातामा भएको रकम ट्रान्र्सफर गरी चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो । झुक्याएर ह्याकरले एनएमबी बैंकबाट ग्राहकको खातामा रहेको एक लाख रुपैया भन्दाबढी रकम ह्याक गरेर अन्य बैंकको खातामा सारेको खुलेको उहाँले बताउनुभयो । ‘गोरखा नगरपालिका–६ पाटेचौर निवासी एक महिलालाई फोन गरेर ह्याकरले खाता पुरानो भएकाले नवीकरण गर्नुपर्छ भन्दै खाता नम्बर लिएको र पछि मोवाईलमा आएको ओटिपी कोड समेत मागेर ह्याकरले तत्कालै खाताको रकम चोरी गरेको पाइएको छ ।’ एसपी श्रेष्ठले भन्नुभयो । खाताबाट एकलाख ३ हजार ८८० रुपैया ह्याकरले अन्य बैैकको खातामा ट्रान्सफर गरेको पिडित महिलाको भनाई छ । ‘फोनबाट बैंकको कर्मचारी बोलेको हुँ तपाँईको खाता पुरानो भएछ नवीकरणका गनुपर्छ भन्दै पहिला खाता नम्बर माग्यो’ उहाँले भन्नुभयो ‘त्यसपछि मेरो मोबाइलमा आएको कोड पनि चाहियो भनेर माग्यो, दिँदा त खाताको रकम सबै झिकेछ ।’खाताबाट पैसा लिएको थाहा पाएलगत्तै पिडित महिलाले जिल्ला प्रहरी कार्यालय गोरखामा बैंक खाताबाट रकम चोरी भएको भन्दै उजुरी दिएको एसपी श्रेष्ठको भनाई छ । ह्याकरले खाता ह्याक गरी खातामा भएको रकम ३–४ वटा बैंकमा ट्रान्र्सफर गरेर अहिले ग्लोबल आईएमई बैंकमा पु¥याएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि अदालतको अनुमति लिए महिलालाई फोन गरिएको मोवाईल नम्बरको कल डिटेल लिई अनुसन्धान सुरु गरेको छ । यस अघि जिल्लाको अजिरकोट गाउँपालिका–३ लप्सीबोटका एक पुरुषको बैंक खातामा रहेको २६ हजार ९५० रुपैया पनि यसरी नै ह्याकर झुक्याएर चोरी गरेको थियो । बैंकबाटै भन्दै फोन गरेर खाता नम्बर मागेर पछि हिसाब मिलेन भन्दै मोवाइलमा आएको कोड पठाउन भनेपछि कोड पठाउदा रकम चोरी भएको ति व्यक्तिको भनाई छ । आफ्नो खाताको चोरी गरी रकम ज्योती विकास बैंकमा ट्रान्सफर भएको थाहा पाएपछि ति पुरुषले पनि प्रहरीलाई उजरी दिनुभएको थियो । यसरी नै खाता ह्याक गरेर रकम झिकिएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामा अहिलेसम्म चार जनाको परिसकेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीले पनि सवैलाई आग्रह जिल्लामा केही दिन यता त्यस्ता यस्ता ठगीका घटना भईरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह पनि गरेको छ ।
थप समाचार
-
काठमाडौँमा निजामती कर्मचारी समायोजन विधेयकको विवाद: समितिको प्रतिवेदनमा त्रुटि र नहुँदा भएका समस्या
गाेर्खा संसारJuly 4, 2025काठमाडौँ, असार २० गते - कर्मचारी समायोजन विधेयकको प्रक्रिया एक पटक फेरी विवादमा पर्न पुगेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमा भएको त्रुटिका कारण प्रतिनिधि सभाबाट विध... -
विराटनगरमा शैक्षिक योग्यताबिपरीत नियुक्ति: विवाद बढ्दै
गाेर्खा संसारJuly 3, 2025विराटनगर, सुनसरी – सुनसरीको दुहबी नगरपालिका–१२ पूर्वकुशाहा सिसुवामा अवस्थित एकता ज्ञान मैथिली आधारभूत विद्यालयमा विद्यालय सहयोगीको नियुक्तिमा शैक्षिक योग्यता नपुगेको व्यक्तिल... -
भ्रष्टाचारको आरोप: डोल्पाका प्राविधिक कार्यालयका प्रमुख र चार जनाविरुद्ध उजुरी
गाेर्खा संसारJuly 3, 2025काठमाडौँ, असार १९ गते – जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसहित चार जनाविरुद्ध काल्पनिक विद्यालय खडा गरी सात लाख ६० हजार रुप... -
५२ जाना पदाधिकारीको नियुक्ति सदर
गाेर्खा संसारJuly 3, 2025काठमाडौँ, सर्वोच्च अदालतले दुई तिहाइभन्दा बढी कार्यकाल पूरा भइसकेपछि संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीको नियुक्ति सदर गरेको छ । संसदीय सुनुवाइको अनिवार्य पूर्वसर्तसमेत पूरा न... -
निजामती विधेयक पारितः२बर्ष कुलिङ समय
गाेर्खा संसारJune 30, 2025काठमाडौं । कुलिङ समयको प्रावधानसहित ‘संघीय निजामती सेवा विधेयक, २०८२’ प्रतिनिधिसभा बैठकबाट आइतबार पारित भएको छ । कुलिङ पिरियडको प्रावधानकै कारण यसअघि सो विधेयक रोकिएको थियो । पा... -
आजकाे माैसम
गाेर्खा संसारJune 28, 2025अज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लग...