Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
तनहुँमा सर्वाधिक राशीकाे खुल्ला नकअाउट भानु कप फुटबल प्रतियाेगिता हुँदै

तनहुँमा सर्वाधिक राशीकाे खुल्ला नकअाउट भानु कप फुटबल प्रतियाेगिता हुँदै

तनहुँ जिल्लाको सर्बाधिक धन राशी पुरस्कार भएको ” भानु कप” खुला नकअाउट फुटबल प्रतियाेगिता अागामी असार २९ गते बाट श्रावण ६ गते सम्म सन्चालन हुने भएकाे छ ।
 क्षेत्रीय भानु रंगशाला भन्सारमा अादिकवि  भानुभक्त अाचार्यकाे २१० अाैं जन्म जयन्तीकाे अवसरमा प्रतियाेगिता सञ्चालन गर्न लागिएकाे अायाेजक कमिटीका सन्दिप श्रेष्ठले जानकारी दिनुभयाे ।
प्रतियाेगिताकाे  अायाेजना  भन्सार युवा परिवार, भिमसेन युवा क्लब र साल्बिस्ने युवा क्लबले संयुक्त रूपमा गर्न लागेकाे श्रेष्ठले जानकारी दिनुभयाे ।
अायाेजकका अनुसार उक्त फुटबल प्रतियाेगितामा प्रथम हुनेले नगद रु २ लाख २५  हजार २१०/-ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुनेले नगद रु  १ लाख १२  हजार २१०/-ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तृतीय स्थानका लागि प्रतिस्पर्धामा पुग्ने २ वटा समूहले नगद रू.२० हजार २१० र प्रमाण पत्र पाउनेछन ।
   त्यस्तै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्बाधिक गोल कर्ता का लागि नगद रु ५ हजार २१०, ट्रफी,मेडल,प्रमाणपत्र काे व्यवस्था रहेकाे छ ।
अनुशाशित टिमलाइ उचित पुरस्कारका साथै हरेक खेलमा म्यान अफ दि म्याच काे उपाधीसमेत प्रदान गरिनेछ । फुटबल खेलमा सहभागी हुने टिमले टिम दर्ता शुल्क बापत रू.१० हजार २ सय १० तिरी असार १५ गतेदेखि २७ गतेभित्रमा दर्ता गराइसक्नुपर्नेछ । नक अाउट सिस्टम बाट खेलाइने साे खेल ९ A  साइडकाे खेल हाे ।
साेही अवसरमा छेलाे र बाघचाल खेल समेत सञ्चालन गरिने बताइएकाे छ । छेलाे र बाघचाल प्रतियाेगितामा भने प्रथम हुनेका लागि मात्र ५ हजार २१० र प्रमाण पत्र व्यवस्था गरिएकाे अायाेजकले बताएकाे छ । साे खेलमा सहभागी हुनेले दर्ता शुल्क रू २१० तिर्नुपर्ने प्रावधान तय गरिएकाे छ ।
पुरस्कार-
फुटबल तर्फ :
प्रथम पुरस्कार : रु २,२५,२१०/-(ट्रफि,मेडल,प्रमाणपत्र )
दितिय पुरस्कार :रु १,१२,२१०/- (ट्रफि,मेडल,प्रमाणपत्र )
तृतीय स्थानमा समावेश हुने टिम:रु २०,२१०/२०,२१०/-(प्रमाणपत्र)
उत्कृष्ट खेलाडी: नगद रु ५,२१०( ट्रफी,मेडल,प्रमाणपत्र )
उत्कृष्ट गोल रक्षक:नगद रु ५,२१०( ट्रफी,मेडल,प्रमाणपत्र )
सर्बाधिक गोल कर्ता:नगद ५,२१०(ट्रफी,मेडल,प्रमाणपत्र )
नोट : अनुशासित टिमलाई उचित पुरस्कार साथै प्रत्येक खेलमा म्यान अफ दि म्याच पनि रहेको छ ।
टिम दर्ता मिति:२०८०/०३/१५ देखि २७ गते सम्म
टिम दर्ता शुल्क : रु१०२१०+२०००
सम्पर्क स्थान:भानु कप सचिवालयको कार्यलय भानु १ भन्सार चोक
छेलो तर्फ :
प्रथम पुरस्कार :रु ५,२१०/- प्रमाणपत्र
दर्ता शुल्क :रु २१०/-
बाघचाल तर्फ:
प्रथम पुरस्कार :रु ५,२१०/- प्रमाणपत्र
दर्ता शुल्क :रु २१०/-
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.