Gorkha Sansar

१३ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा १ युवक पक्राउ

गोरखा .

गोरखा प्रहरीले नाबालिका बलात्कार गरेको आरोपमा १ जना युवकलाई पक्राउ गरेको छ ।

सिरानचोक गाउँपालिका–४ का १९ बर्षिय सौरभ कुमालले गत शनिबार पालुङटार नगरपालिका–१ को खोप्लाङ लुङ्गा निवासी १३ बर्षिया बालिकालाई राती १०ः३० बजेको समयमा बलात्कार प्रयास गरेको अाराेपमा पक्राउ गरी अनसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

पिडितको आफन्तले आइतबार जाहेरी दिए पछि कुमाललाई पक्राउ गरिएको हो । प्रहरीले कुमाल बिरुद्व जबरजस्ती करणी उद्योग शिर्षकमा मुद्वा दर्ता गरी जिल्ला अदालत गोरखाबाट अनुसन्धानका लागि म्याद थप गरेको जनाएको छ । पक्राउ परेको कुमालका बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.