पालुङटार ७ मा तनाव ब्यबस्थापन तथा जीवन रुपान्तरण कार्यशालामा सम्पन्न

बैशाख १९ गाेरखा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङली बिरूवाटारमा च्याङली सामुदायिक सिकाइ केन्द्रकाे अायाेजनामा १० दिने तनाव ब्यबस्थापन तथा जीवन रुपान्तरण कार्यशालामा सम्पन्न भएकाे छ ।

च्याङली सामुदायिक सिकाइ केन्द्रकाे अायाेजनामा कार्यशाला सञ्चालन गरिएकाे थियाे । बैशाख १० गतेदेखि १९ गतेसम्म बिरूवाटारकाे खेलमैदानमा सञ्चालन भएकाे कार्यशालाकाे उदघाटन वडा नं. ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालले गर्नुभएकाे थियाे । त्यस्तै गरी कार्यशालामा पालुङटार नगरपालिकाकी कार्यपालिका सदस्य पम्फा बि.क., चारकुने टाेलबिकास संस्थाका अध्यक्ष बिकास परियार गाेरखा संसार मिडिया प्रा.लि. का सञ्चालक रविन्द्र कंडेल लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

अाेशाे कैलास ध्यान केन्द्रका सञ्चालक स्वामी सुवास थापाले सहजीकरण गर्नुभएकाे साे कार्यशालामा बिरूवाटार अासपासका स्थानीयहरूकाे उपस्थिति रहेकाे थियाे । जीवनलाइ सार्थक, स्वस्थ र सक्षम बनाउनकाे लागि याे कार्यशाला उपयाेगी हुने ध्यान केन्द्रका सञ्चालक थापाले बताउनुभएकाे थियाे । बिभिन्न राेगहरूकाे निदान तथा राेग लाग्न नदिने र लागिहालेमा घरेलु बिधी वा याेगाबाटै उपचार गर्न सकिने पद्दतीहरूका बारेमा समेत थापाले सहजीकरण गर्नुभएकाे थियाे ।

कार्यक्रमकाे समापन गर्दै सिकाइ केन्द्रका अध्यक्ष रविन्द्र कंडेलले याेग र ध्यानबाट मानिसमा भएका बिभिन्न प्रकारका बिकारहरूकाे अन्त्य गर्न सकिने हुँदा हरेक दिन बिहान याेगा र ध्यानबाट दिनकाे शुरूवात गर्नुपर्ने बताउनुभएकाे थियाे ।

पालुङटार ७ बगरमा रहेकाे अाेशाे कैलाश ध्यान केन्द्रले पालुङटार का बिभिन्न ठाउँहरूमा तनाव व्यवस्थापन, याेग र ध्यानका बारेमा बिभिन्न गतिबिधीहरू गर्दै अाइरहेकाे छ । हाल साे केन्द्रले च्याङलीकाे खाेलाघाटमा रहेकाे ५०० बर्षभन्दा पुरानाे एेतिहासिक मंगलेश्वर मन्दिरमा समेत हरेक शनिबार बिहान नियमित रूपमा याेग र ध्यान सहित तनाव व्यवस्थापन कार्यशाला गर्दै अाइरहेकाे छ ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.