Gorkha Sansar

सुतेकै ठाउँमा सर्पले डसेर दाजुभाइको मृत्यु

सिन्धुली । सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका- १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो ।

ओछ्यानमा सुतिरहेका उनीहरुलाई आज विहान ३ बजे सर्पले डसेको थियो । उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको र थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । सर्पले ग्रिसलाई बाँया हातको औँलामा र ग्रिस्मको बाँया खुट्टामा डसेको थियो ।

थप समाचार

  • काठमाडौँमा निजामती कर्मचारी समायोजन विधेयकको विवाद: समितिको प्रतिवेदनमा त्रुटि र नहुँदा भएका समस्या

  • विराटनगरमा शैक्षिक योग्यताबिपरीत नियुक्ति: विवाद बढ्दै

  • ५२ जाना  पदाधिकारीको नियुक्ति सदर

  • निजामती विधेयक पारितः२बर्ष कुलिङ समय

  • आजकाे माैसम

  • उर्लाबारीका एक हजार दुई सय ९७ जना महिला लाभान्वित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.