Gorkha Sansar

फागुन पूर्णिमाका दिन कसैकाे इच्छा विपरित लाेला हान्ने , रङ दल्नेलाई कारवाही गर्ने

गाेरखा ।

देशका पहाडी जिल्लाहरूमा अाज मनाइने रङहरूकाे पर्व हाेली बिशेष सावधानीसाथ हर्साेल्लासका साथ मनाउन जिल्ला प्रशासन कार्यालय गाेरखाले जनाएकाे छ ।

फागुन पूर्णिमाका दिन कसैकाे इच्छा विपरित लाेला हान्ने , रङ दल्नेलाई जिल्ला प्रशासन कार्यालय गोरखाले कारवाही गर्ने भएको छ ।

गाेरखाका सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बुधवार एक विज्ञप्ती जारी गर्दै कसैको इच्छा विपरित लोला हान्ने तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेमा कडा भन्दा कडा कारवाही गरिने बताउनुभएकाे छ ।

वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने खालका केमिकल, रङ्गिन बस्तुहरु, प्लास्टिकजन्य सामग्रीको प्रयोग नगर्न नगराउन पनि प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ ।

यसै सन्दर्भमा अस्थायी प्रहरी पाेष्ट बिरूवाटारले पनि सर्वसाधारणमा हर्षाेल्लासका साथ हाेली मनाउन तर इच्छाबिपरित रङ दल्ने, सवारी साधनहरूमा अवराेध गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरू नगर्न अनुराेध गरेकाे छ । अस्थायी प्रहरी पाेष्टका इन्चार्ज कृष्ण बहादुर घर्तीले अाफ्नाे कार्यक्षेत्रभित्र घुमेर सबैलाइ जानकारी गराइसकिएकाे बताउनुभएकाे छ ।

फागु पूर्णिमा पहाडमा २२ गते र तराइमा २३ गते हुने पञ्चाङमा उल्लेख छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.