पालुङटार नगरपालिका वडा नं ७ मा सम्पन्न तेस्रो वडा कप फुटबल प्रतियाेगिताकाे उपाधी लालीगुराँस युवा क्लबकाे पाेल्टामा

पालुङटार नगरपालिका वडा नं ७, च्याङलीमा तेस्रो वडा कप २०७९ काे उपाधी लालीगुराँस युवा क्लबले हात पारेकाे छ ।
वडा नं ७ कार्यालयको आर्थिक सहयोगमा न्यु रियल सनस्टार युवा क्लबको आयोजनामा माघ १७ गतेवदेखि २१ गतेसम्म सम्पन्न भएकाे खेलमा लालीगुराँस युवा क्लबले खत्रीटार युवा क्लबलाइ १ – ० गाेलअन्तरले पछि पार्दै उपाधी हात पारेकाे हाे ।

अाज भएकाे फाइनल खेलमा प्रथम हुने लालीगुराँस युवा क्लबले नगद ३५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । त्यस्तैगरी दोस्रो हुने खत्रीटार युवा क्लब ले नगद २१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

उदघाटन कार्यक्रम क्लबका अध्यक्ष सन्तोष कुमालको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा प्रमुख अतिथिको रुपमा  वडा नं ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालले खेलाडीहरूलाइ पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएकाे थियाे ।
खेलमा वडा नं ७ भित्रका १७ टिमको सहभागिता रहेको थियाे ।
खेलअवधीभरमा उत्कृष्ट खेलाडी घाेषित भएका लालीगुराँस युवा क्लबका सुमन कुमाल, उत्कृष्ट गाेलरक्षक रामशरण कुमाल र अधिक गाेलकर्ता बिपिन कुमाल लाइ नगद रू.१ हजार सहित ट्रफी र मेडल प्रदान गरिएकाे थियाे भने खत्रीटार युवा क्लबका दिपेश सुनारलाइ उत्कृष्ट खेलाडीकाे रूपमा गद रू.१ हजार सहित ट्रफी र मेडलबाट सम्मान गरिएकाे थियाे ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.