Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
महटारमा मगर समुदायको महान पर्व माघे सक्रान्ति विविध कार्यक्रमका साथ सम्पन्न

महटारमा मगर समुदायको महान पर्व माघे सक्रान्ति विविध कार्यक्रमका साथ सम्पन्न

सिरानचोक गाउँपालिका वडा नं ६ महटारमा मगर समुदायको महान पर्व माघे सक्रान्ति विविध कार्यक्रम गरी मनाएको छ । नेपाल मगरसंघ गाखु मगर भेजाको आयोजना तथा नेपाल मगरसंघ क्षेत्रिया समन्वय समितिको संरक्षकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रम तथा मेलामा क्षेत्र नम्बर २ अन्तरगतका सिरानचोक, अजिरकोट र पालुङटार नगरपालिकाका भित्रका नेपाल मगरसंघ क्षेत्रिय समन्वय समितिमा आबद्ध रहेका भातृ संस्थाहरु २८ वटा भेजा(मगरसंघका भातृ संस्था)को उपसिस्थतका माघे सक्रान्ति मनाइएको हो ।

क्षेत्र नम्बर २ ले क्षेत्रिय स्तरमा मेला आयोजना गरेको नेपाल मगरसंघ क्षेत्रिय समन्वय समितिका सचिव बेद बहादुर रानाले जानकारी दिए । मेला आयोजना गरेको ११ वर्ष भएको र विगत दुई वर्ष कोभिडका कारण मेला कार्यक्रम आयोजना गर्न नसकिएको उनले बताए । उनका अनुसार २८ वटा भेजामा आबद्ध रहेका करिब ५ हजार मगर समुदाय मेलामा उपस्थित रहेको थियो ।

मेलामा महटार बजादेखि सिसौघारी कार्यक्रम स्थल सम्म झाँकी ¥याली भएको थियो । मेलामा स्थानीय कलाकारको प्रस्तुतीसँगै मगर संस्कृतिको ऐतिहासिक पाटो, पहिलो र अहिले मगर संस्कृति अवस्थाका लगातयका विषयमा विज्ञहरुद्धारा प्रस्तुतीकरण समेत प्रस्तुत गरेका थिए । मेलामा मगर संस्कृति अन्तरग पर्ने हुरा नाच, कोरा, घाटु, पाङदुरे, सोरठी लगायतका नाँचहरु प्रस्तुत गरेका थिए ।

नेपाल मगरसंघ क्षेत्रिय समन्वय समितिका अध्यक्ष कुष्ण बहादुर थापाको अध्यक्षता तथा नेपाल मगरसंघका केन्द्रिय समितिको सदस्य, नेपाल लेखक मगरसंघका अध्यक्ष डा विष्णु कुमार सिंजालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, पालिका उपाध्यक्ष रिता देवकोटा, मिक नेपाल संस्थाका डाइरेक्टर भिम थापा मगर लगायतले मन्तव्य राखेका थिए ।

daraudi

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.