Gorkha Sansar

भुँडी घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

भुँडी लाग्नु वा धेरै मोटाउनु अस्वस्थ शरीरको सूचक हो । मोटोपन आफैंमा कुनै रोग होइन तर मोटाउन थालेपछि शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन् । अस्वाभाविक रुपमा भुँडी लाग्नु वा शरीरमा अत्याधिक बोसो जम्नुलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेटका समस्या, हर्मोनहरुको समस्या जस्ता रोगको प्रमुख कारकको रुपमा मानेको छ ।

हाम्रो शरीरमा सबैभन्दा पहिले र सबैभन्दा धेरै बोसो लाग्ने ठाउँ पनि भुँडी क्षेत्र नै हो । भुँडीमा बोसो लागिसकेपछि त्यसलाई घटाउन धेरै गार्‍हो पर्छ । बढेको भुँडीबाट अनेकौं हानिकारक तत्वहरु निस्किन्छन् । यस्ता हानिकारक तत्वहरु टाइप–२ मधुमेह, कोरोनरी मुटुरोग र अन्य धेरै रोगको कारक हुन् । एक पटक भुँडी लागिसकेपछि घटाउन मुस्किल त पर्छ तर निम्नलिखित प्राकृतिक उपायको अबलम्वनले भुँडी घटाउन मद्दत गर्छ ।

उपाय १: फाइबरयुक्त खाना

हामीले खाने खानामा पाइने फाइबर ९रूक्षांश० ले कुनै पौष्टिकता त दिँदैन तर फाइबर धेरै भएको खानेकुराको प्रयोग गर्दा अनेकौं फाइदा पुर्‍याउँछ । घुलनशील फाइबर पानीमा घुलेर खानालाई फुलाइदिन्छ । खानेकुरा फुलेपछि यसले भोकलाई चाँडै तृत गरिदिन्छ भने खानाको पाचन क्रियालाई पनि सुस्त गरिदिन्छ । साथै क्यालोरी अवशोषणलाई पनि कम गर्छ । अध्ययन अनुसन्धानको निचोड भन्छ– १० ग्राम घुलनशील फाइबरको अतिरिक्त प्रयोगले भुँडी लाग्ने क्रियालाई ३।७ प्रतिशत कम गर्छ ।
घुलनशील फाइबरको मुख्य स्रोत भनेको सामा, कगुनी चामल, चिनो चामल, कोदो, जवार, बाजरा, आलस, एबोकाडो, ब्ल्याक बेरी, दाल–गेडागुडी र हरिया सागपात आदी हुन् ।

उपाय २: ट्रान्स फ्याटयुक्त खानेकुरा नखाने

अनसेचुरेटेड फ्याटमा हाइड्रोजन परमाणु पम्प गरेर बनाइएको हाइड्रोजेनेटेड फ्याटलाई ट्रान्स फ्याट भनिन्छ । प्राकृतिक तेलहरुलाई धेरै तताउँदा पनि तेल ट्रान्स फ्याटमा परिवर्तित हुन्छ । बोतल बद्ध, बट्टाबद्ध, जंक फुडहरुमा ट्रान्स फ्याट हालिएको हुन्छ । ट्रान्स फ्याट मुटुरोग, मधुमेह, नशा नाडीको क्षय, वात, मोटोपन, मेटाबोलिक सिन्ड्रोम, ग्यासट्राइटिस, डिसलिपिडिमिया, डिमेन्सिया जस्ता रोगसँग सम्बद्ध यौगिक हो । यसर्थ भुँडी घटाउन चाहनेहरुले ट्रान्स फ्याटको पहरेज गर्नुपर्छ।

उपाय ३: मदिरापान नगर्ने

मदिरापान र भुँडी लाग्ने क्रिया आपसमा अन्तरसम्बन्ध छ भन्ने तथ्य केही स्वास्थ्य अनुसन्धानहरुले प्रमाणित गरी सकेका छन् । मदिराको मात्रा जति धेरै भयो त्यति धेरै भुँडी लाग्ने क्रिया बढेर जाने तथ्य विभिन्न रिसर्चहरुले प्रमाणित गरिसकेका छन् । यसर्थ भुँडी घटाउन चाहने जो कोहीले पनि मदिरापन गर्दै नगरौं।

उपाय ४: उपबास गर्ने

उपबास धेरै किसिमका हुन्छन् तर भुँडी घटाउनका लागि हप्ताको १ दिन उपबास सबैभन्दा उत्तम हो । वर्षको दुई चोटी ५ देखि ७ दिनको उपबास कुनै प्राकृतिक चिकित्सा केन्द्रमा गएर चिकित्सकको निगरानीमा गर्दा पनि भुँडी घट्नुका साथै सम्पूर्ण शरीरको तौल पनि घट्छ ।

उपाय ५: जडीबुटीको काडा पिउने गरौं

गुर्जोको काडा, तुलसी काडा, विजयसालको काडा, अर्जुनको काडा, हरियो चिया जस्ता जडिबुटीको काडाको नियमित सेवनले भुँडी घटाउन मद्दत गर्छ । यी काडा इपिग्यालोक्याटेच्ली ग्यालेट नामक एन्टिअक्सिडेन्ट पाइन्छ । यो यौगिकले मेटाबोलिजम बढाएर तौल घटाउन मद्दत गर्छ ।

उपाय ६: प्रोबायोटिक्सयुक्त खानेकुरा खाने

शरीरको आन्द्राहरूमा प्रशस्त ब्याक्टेरियाहरु पाइन्छन् । यी ब्याक्टेरियाहरूको वृद्धि हुँदा शरीरलाई फाइदै हुन्छ । प्रोबायोटिक्सयुक्त खानेकुरा भनेको शरीरमा भएका ब्याक्टेरियाहरु जस्तै ब्याक्टेरियाहरु भएको खानेकुराहरु हो । प्रोबायोटिक्सयुक्त खानेकुरा खाँदा पाचनमा सुधार हुने र तौल घट्ने तथ्य अनुसन्धानहरुले देखाएका छन् ।

उपाय ७: संरक्षित खानेकुराहरु नखाऔं

लामो समयसम्म खानालाई संरक्षण गरी राख्न योग्य भएका खाने कुरालाई संरक्षित खानेकुरा भनिन्छ । खानेकुरा संरक्षण गर्न अनेकौं किसिमका केमिकल लगायत चिनी, नुन, तेल जस्ता तत्वहरु हालिएको हुँदा यस्ता खानेकुराले तौल बढाउँछ ।

उपाय ८: एप्पल साइडर भिनेगरको प्रयोग

१२ हप्तासम्म १५ मिलि एप्पल साइडर भिनेगर खाने मोटा व्यक्तिहरुको तौल घटाएर भुँडी पनि १ इन्चसम्म घटाउने तथ्य केही मानव एवं जनावरमाथिको अध्ययनले पुष्टि गरिसकेको छ । एप्पल साइडर भिनेगरको प्रयोगले सुगर घटाउने, भुँडीको बोसो घटाउन सहयोग पुर्‍याउँछ । स्वस्थ व्यक्तिले १५ देखि ३० मिलिसम्म एप्पल साइडर भिनेगर प्रयोग गर्न सक्छन् तर प्रयोग गर्दा यसलाई पर्याप्त पानी हालेर प्रयोग गर्नुपर्छ नत्र यसले दाँतको इनामेललाई खुइल्याउन सक्छ ।

उपाय ९: उच्च प्रोटिनयुक्त खानेकुरा खाने गरौं

उच्च प्रोटिन युक्त खानेकुरा खाँदा तृप्तीकारक हार्मोनको उत्सर्जन हुने, थोरै खानामा पनि तृप्ती हुने र भोक नलागिरहने हुँदा खाना कम खान सहयोग गर्छ। फेरि उच्च प्रोटिनयुक्त खानेकुराले मेटाबोलिजमलाई समेत प्रभाव पार्ने हुँदा भुँडी कम गर्न सहयोग गर्छ तर जनावरहरुबाट प्राप्त प्रोटिन स्वास्थ्यकर नहुने हुँदा वनस्पतिबाट प्राप्त प्रोटिन प्रयोग गर्ने गरौं।

उपाय १०: तनाव व्यवस्थापन गरौं

तनावपूर्ण स्थितिमा एड्रिनल ग्रन्थी ज्यादा सक्रिय भएर धेरै मात्रामा कर्टिसोल हार्मोन उत्पादन गर्ने र कर्टिसोलको रक्तस्तर बढेपछि यसले धेरै भोक लगाउने, प्रारम्भिक दिनमा फ्याट घटाउन सहयोग गरे पनि पछि भुँडी लाग्न र तौल बढाउने गर्छ । यसर्थ भुँडी घटाउन चाहनेहरुले तनाव व्यवस्थापन गर्नुपर्ने हुन्छ । तनाव व्यवस्थापनको महत्वपूर्ण अस्त्र भनेको योग तथा ध्यान हो ।

उपाय ११: चिनी हालेका कुनै पनि पेय पदार्थ नलिऔं

प्रशोधित चिनी हालिएका खानेकुरा जस्तैः चिया, कफी, बजारका बोतलबद्ध जुसहरु कोकाकोला, पेप्सीकोला जस्ता पेय एवं मिठाइहरुको प्रयोगले अतिरिक्त क्यालोरी थप्ने हुँदा भुँडी लाग्ने क्रियालाई बढाउँछ।

उपाय १२: घरेलु चिल्लोको प्रयोग

तौल घटाउन चाहनेहरुले बाहिरी बजारिया तेलको प्रयोग हटाएर घरेलु आफैंले पेलेको तेलको प्रयोग गर्नुपर्छ। तोरी, सूर्यमुखी र बदामको तेल अन्य तेलहरु भन्दा राम्रा छन् । यी तेलमा विद्यमान मेडियम चेन फ्याट्टी एसिडले फ्याट भण्डारण क्रियालाई कम गर्छ । उद्योगमा प्रशोधित केमिकल हालिएको तेलमा ट्रान्स अनस्याचुरेटेड फ्याट्टी एसिड हुने हुँदा यसले भुँडी लगाउन एवं तौल बढाउने गर्छ ।

उपाय १३ :कार्डियो एक्सरसाइज गर्ने गरौं

श्वासको गति बढाउने खालको कार्डियो एक्सरसाइजले भुँडी घटाउन ठूलो सहयोग गर्छ । कार्डियो एक्सरसाइज गर्दा अतिरिक्त क्यालोरी बन्द हुने हुँदा चाँडै तौल एवं भुँडी घट्छ ।

उपाय १४: निद्रा पुग्ने गरी सुत्ने गरौं

गहिरो निन्द्रा स्वस्थ शरीर एवं मनका लागि अपरिहार्य आवश्यकता हो । दैनिक ५ घन्टा भन्दा कम निदाउनेहरुको भुँडी अन्यको भन्दा चाँडो लागेको पाइएको छ र घुर्ने समस्याले पीडितहरुको पनि अन्यको भन्दा ठूलो भुँडी भएको पाइएको छ । भुँडी घटाउन चाहनेहरुले गहिरो निन्द्रा लिन आवश्यक हुन्छ । यसर्थ आफूलाई कुनै निन्द्रासम्बन्धी समस्या भए तुरुन्त यसको निदानतिर लागौं र भुँडी घटाऔं।

उपाय १५: सागपात एवं फलफूल खाने गरौं

बोसो लाग्ने क्रियालाई तोड्नका लागि हामीले हाम्रो शरीरलाई एक पल्ट पूर्ण शुद्धीकरण गर्नुपर्ने हुन्छ । शरीर शोधनको लागि सागपात एवं फलफूल खुब खानुपर्ने हुन्छ । सागपात एवं फलफूल मात्र खाने गर्दा महिनामा १० किलोसम्म पेट घटाउन सकिन्छ । सागपात एवं फलफूल खाने गर्दा शरीरको कार्यप्रणालीले बोसो घटाउने दिशातिर काम गर्छ ।

उपाय १६ :पेटको व्यायाम गरौं

भुँडी लाग्नुको प्रमुख कारणमध्ये भुँडीलाई असर गर्ने खालको व्यायाम नगरेर पनि हो । भुँडी घटाउन चाहनेहरुले क्रन्च, ट्वीस्ट क्रन्च, साइड क्रन्च, रिभर्स क्रन्च, भर्टिकल लेग क्रन्च, साइक्लिङ, लेग ट्वीट, रोलिङ्क प्लाङ्ग एक्सरसाइज, उड्यान बन्ध, अग्निसार क्रिया जस्ता पेटका व्यायामहरु गर्नुपर्ने हुन्छ ।

उपाय १७ : हाई फ्रुक्टोज कर्न सिरपको सेवन नगरौं

मकैलाई प्रशोधन गरेर तयार गरिएको गुलियोलाई हाई फ्रुक्टोज कर्न सिरप भनिन्छ । यो गुलियो अति स्वादिष्ट हुने भएकाले अधिकांश जंकफुडमा हालिएको हुन्छ । लिबरमा बोसो लगाउनेदेखि भुँडी लाग्ने र तौल बढ्ने जस्ता समस्याहरूसँग सम्बद्ध यो यौगिक अनेकौं मेटाबोलिक रोगहरूको कारण पनि हो ।

उपाय १८( कार्बोहाइड्रेटको प्रयोग कम गरौं

धेरै कार्बोहाइड्रेट सेवन गर्दा अतिरिक्त कार्बोहाइडेट फ्याटमा परिवर्तित भई बोसो लाग्छ । यसर्थ भुँडी घटाउन चाहनेहरूले अतिरिक्त कार्बोहाइड्रेटको प्रयोग कम गर्नुपर्ने हुन्छ ।

थप समाचार

  • “Logon Mostbet Guia

  • Mostbet Apostas Desportivas E Casino On The Internet Site Oficial No Brasil Obter Bônus 1600 R$ Entar

  • “Logon Mostbet Guia

  • “Logon Mostbet Guia

  • “Logon Mostbet Guia

  • Mostbet Casino Online Spain Joga E Ganha Connosco!

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.