Gorkha Sansar

बैशाखदेखि बन्द केबलकार भाद्र २० गतेदेखि संचालनमा अाउने

कोभिड १९ को बढ्दो संक्रमणका कारण गत बैशाख १६ गतेदेखि बन्द रहेकाे मनकामना केबलकार अागामी भाद्र २० गते अाइतबारदेखि सञ्चालनमा अाउने भएकाे छ ।

कोभिड १९ को बढ्दो संक्रमणका कारण बन्द केबलकार संक्रमण घटेसँगै संचालन गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालीका नायब प्रबन्धक उज्वल शेरचनले बताए ।

५ महिनाकाे अवधिभर बन्द रहँदा १० करोड रुपैयाँ भन्दाबढि घाटा लागेको कम्पनिले जनाएको छ । ‘कोभिडको पहिलो लहरका बेला पनि नौ महिना केबलकार बन्द गर्नुपरेका कारण कराेडाैं घाटा व्यहाेर्नुपरेकाे परेकाे नायब प्रबन्धक शेरचनले भने ।

मनकामना क्षेत्रका स्थानीयको आउजाउको सहज माध्यम केबलकार हो । अहिले वर्षातले कच्ची सडक बिग्रिएको र आउजाउ गर्न मुस्किल भएको भन्दै स्थानीयले केबलकार संचालन गर्न कम्पनिलाई दवाव दिईरहेका छन ।

कम्पनिका अनुसार बैशाखदेखि असारसम्म केबलकारमा भक्तजन धेरै आउँथे । अहिले पनि दैनिक एकहजार मानिस केबलकार चढ्न आउने सिजन हो । केबलकारमा मात्रै एकसय ५० जना कर्मचारीले रोजगारी पाएका छन् ।

मनकामना मन्दिरमा दर्शन गर्न जाने भक्तजन र स्थानीयले केबलकार प्रयोग गर्छन । पृथ्वीराजमार्गको कुरिनटार र गोरखाको मनकामना जोड्ने केबलकार २०५५ मंसिरबाट संचालनमा आएको हो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.