Gorkha Sansar

गोरखामा खेत जोतेर फर्कदै लडेर एक जनाको मृत्यु

गोरखा, ९ असार ।

गोरखामा खेत जोतेर फर्कदै लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सहिद लखन गाउँपालिका–८का ३९ बर्षका कुमार श्रेष्ठको खेत जोतेर फर्कदै गर्दा लडेर मृत्यु भएको वडाध्यक्षकाशीनाथ अम्गाईले जानकारी दिनुभयो । श्रेष्ठ भीमसेन थापा गाउँपालिका–६ अश्राङमापर्ने स्थानीय ज्याँदुलखोला फाँटमा खेत जोतेर घर फर्किदै गरेका थिए ।

शारिरिकअपांगता भएका वुवासंगै खेत जोतेर घर फर्कदै गर्दा लडेर मृत्यु भएका श्रेष्ठको अनुहारमा चोट देखिएको वडाध्यक्ष अम्गाईले जानकारी दिनुभयो । बुधबार साँझ उक्त घटना भएको उहाँले बताउनुभयो। खेत जोत्दाजोत्दै चर्को घाम भएपछि गोरु फुकाएर बुवाले चराउन लगेपछि उहाँ घर फर्कने क्रममा खोलाको दलदलेमा खुट्टा अड्किएर लड्दा मृत्यु भएको अनुमान गरिएको वडा अध्यक्ष अंगाईले जानकारी दिनुभयो ।

घटनाकोखबर प्राप्त भएलगत्तै बुंङ्कोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक सन्तोष अधिकारीको टोली घटनास्थल पुगेको थियो । मृतकको शव गोरखा अस्पतालमा ल्याएर पोष्टमार्टम पछि आज परिवारलाई बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.