इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको केही घण्टापछि इजरायलले पनि इरानभित्र लक्षित जवाफी हमला गरेको छ । यस घटनाले मध्यपूर्वमा लामो समयदेखि जारी रहेको तनावलाई थप उत्कर्षमा पुर्याएको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा शनिबार चीनका राजदूत फु कोङले इजरायलले इरानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लंघन गरेको बताउँदै चीनले यसको निन्दा गर्ने बताएका छन् । उनले चीन वर्तमान अवस्थाप्रति गहिरो चिन्ता रहेको बताएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युद्धले इरानको आणविक सम्झौतामा नकारात्मक प्रभाव पार्न सक्ने उनको भनाई थियो । स्थिति अझ बिग्रन नदिन फु कोङले इजरायललाई सबै सैन्य कारबाही तुरुन्तै बन्द गर्न अपिल गरेका छन् ।
शुक्रबार मध्यराति र शनिबार बिहान इरानले इजरायलमाथि सयौँ मिसाइल हानेको छ । ती मिसाइलले इजरायलको तेल अभिभ, हाइफा र जेरुसेलम सहरमा ठूलो क्षति पुगेको छ । इरानले केही ब्यालेस्टिक मिसाइल पनि हानेको छ । इजरायलमाथि मिसाइल आक्रमण भएपछि देशका अधिकांश सहरमा साइरन बजाइएको थियो । इजरायलले नागरिकहरूलाई सुरक्षित स्थानमा जान आदेश दिएको छ ।
शुक्रबार इरानको आणविक केन्द्रमा आक्रमण गरेको इजरायलले इस्फाहनको आणविक संरचना नस्ट भएको जनाएको थियो । त्यसको केही मिनेटमा नै तेल अभिभमा धुवाको मुस्लो देखिएकोइरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको केही घण्टापछि इजरायलले पनि इरानभित्र लक्षित जवाफी हमला गरेको छ। यस घटनाले मध्यपूर्वमा लामो समयदेखि जारी रहेको तनावलाई थप उत्कर्षमा पुर्याएको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा शनिबार चीनका राजदूत फु कोङले इजरायलले इरानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लंघन गरेको बताउँदै चीनले यसको निन्दा गर्ने बताएका छन् । उनले चीन वर्तमान अवस्थाप्रति गहिरो चिन्तित रहेको बताएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युद्धले इरानको आणविक सम्झौतामा नकारात्मक प्रभाव पार्न सक्ने उनको भनाई थियो । स्थिति अझ बिग्रन नदिन फु कोङले इजरायललाई सबै सैन्य कारबाही तुरुन्तै बन्द गर्न अपिल गरेका छन् ।
शुक्रबार मध्यराति र शनिबार बिहान इरानले इजरायलमाथि सयौँ मिसाइल हानेको छ । ती मिसाइलले इजरायलको तेल अभिभ, हाइफा र जेरुसेलम सहरमा ठूलो क्षति पुगेको छ । इरानले केही ब्यालेस्टिक मिसाइल पनि हानेको छ । इजरायलमाथि मिसाइल आक्रमण भएपछि देशका अधिकांश सहरमा साइरन बजाइएको छ । इजरायलले नागरिकहरूलाई सुरक्षित स्थानमा जान आदेश दिएको छ ।
शुक्रबार इरानको आणविक केन्द्रमा आक्रमण गरेको इजरायलले इस्फाहनको आणविक संरचना पुरै नास भएको जनाएको थियो । त्यसको केही मिनेटमा नै तेल अभिभमा धुवाको मुस्लो देखिएको थियो । आफ्नो भूभागमा इजरायली आक्रमणपछि इरानले इजरायललको ठुलो क्षति व्यहोर्नु पर्ने बताएको छ ।