Gorkha Sansar

भाकपा माओवादीका महासचिवको हत्या विरुद्ध काठमाडौंमा विरोध गोष्ठी

काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव वसवराज (नम्बाला केशव राव) सहित अन्य शीर्ष क्रान्तिकारीहरूको नृशंस हत्याको विरोधमा काठमाडौंमा विरोध गोष्ठी हुने भएको छ । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको आयोजनामा संयुक्त गोष्ठी आगामी जेठ २० गते, मंगलबार दिउँसो १२:३० बजे नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजना गरिने भएको छ ।

दुई ओटा क्रान्तिकारी पार्टीहरुले संयुक्त रुपमा आयोजना गरिएको उक्त विरोध गोष्ठीमा भारतीय राज्य आतंक, साम्राज्यवादी हस्तक्षेप र दक्षिण एसियाली क्रान्तिकारीहरू विरुद्ध भइरहेको फासीवादी दमनका सन्दर्भमा गहिरो छलफल गरिनेछ । कार्यक्रममा क्रान्तिकारी नेताहरू, प्रगतिशील बुद्धिजीवीहरू, मानवअधिकारकर्मीहरू लगायतको उपस्थिति र मन्तव्य रहने आयोजकले जनाएको छ ।

थप समाचार

  • प्रतिनिधि सभा बैठक (बिहीबार) दिउँसो १ बजे वस्ने

  • मोरङको कटहरीमा दुई अर्बको लागतमा सामुदायिक अस्पताल निर्माण

  • Páginas de Citas Sexuales para Aventuras Discretas

  • تحميل 1xbet تحميل وان اكس بت 1xbet اخر إصدار Apk

  • 出会いを滋賀で促進する!おすすめ出会いバーガイド

  • मोरङमा ४ जना बालिका बेपत्ता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.