Gorkha Sansar

पालुङटारमा आयोजित वक्तृत्व कला प्रतियोगितामा ठाँटीपोखरी बाल ज्योति बोर्डिङ स्कुलका रानाभाट प्रथम

भाद्र २९ गते

राष्ट्रिय बालदिवसकाे अवसरमा पालुङटार नगरपालिका स्तरीय बाल क्लब सञ्जालले बालबालिकामा लगानि , सुनिश्चित भविष्यकाे थालनि विषयक अन्तर मा वि वक्तृत्वकला प्रतियाेगिता सम्पन्न गरेकाे छ। सञ्जालका उपाध्यक्ष सुप्रिम पाेखरेलकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पालुङटार नगरपालिका भित्रका १६ माध्यमिक विद्यालयकाे सहभागिता रहेकाे थियाे । वक्तृत्वकला प्रतियाेगितामा ठाँटिपाेखरि बालज्याेति बाेर्डिङ स्कुलका राेमिस रानाभाट प्रथम, त्रिवेणी माध्यमिक विद्यालयका सिमाना लामा द्वितीय, जीवन ज्याेति मा.वि. का लक्ष्मी वि. क. तृतीय, धर्माेदय मा. वि.का सामुयल श्रेष्ठ र युनाईटेड इङ्लिस बाेर्डिङ स्कुलका रश्मि गिरीले सान्त्वना स्थान हासिल गरेका थिए । कार्यक्रममा नगर प्रमुख विवस चिन्तन, नगर उप प्रमुख वन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारी, शिक्षा शाखा प्रमुख पूर्ण बहादुर नेपाली लगायतकाे सहभागिता रहेकाे थियाे। कार्यक्रममा वाेल्दै नगर प्रमुख विवस चिन्तनले बाल अधिकारकाे संरक्षण गर्दै बालबालिकामा रहेका क्षमतालाई अझै विकास गराउन आफू निरन्तर रुपमा लागिरहेकाे बताउनुभयाे।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.