अाज (असार २८ गते) बिहिबारका दिन पोखरा विश्वविध्यालय जनस्वास्थ्य समुह ‘क’ विद्यार्थीहरूद्वारा जीवन ज्योती मा वि सभागृह हलमा लक्षित समुहहरूको उपस्थितिमा सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम अन्तरगतको शुद्ध पिउने पानी विषयक शुक्ष्म स्वास्थ्य परियोजना कार्यक्रम सुसम्पन्न भएको छ । कार्यक्रम आयोजक टिमले यसअघि समुदायमा सामुदायिक स्वास्थ्य निरूपण प्रयोगात्मक फिल्ड अभ्यासका क्रममा समुदायबाट नमुना तत्थ्यांक संकलन गरि प्रमुख समस्या प्राथमिकिकरण गरि समुदायकै संलग्नतामा वास्तिवक समस्या पहिचान गरि प्रथम समस्याको रूपमा पर्न गएको शुद्ध पिउने पानीको समस्यामा केन्द्रित रहि कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा टिम लिडर तथा कार्यक्रम संचालक समुन्द्र लगुन लगायत प्रकृति रेग्मी, अर्चना सापकोटा, अस्मिता रानभाट, दिभ्या देवकोटा, सामना मरासीनी, सुजता कडेल, सगुन कुमाल, सदिक्षा भ०डारी, प्रेक्षा धामीले शुद्घ पिउने पानीको महत्व, दुषीत पिउने पानीका स्वास्थ्य असरहरू, पानी शुद्धीकरणका उपाय तथा बिधिहरू लगायतका विषय प्रस्तुतीकरण, प्रदर्शनीका साथै र्याली कार्यक्रम गरि जनचेतना जगाएका थिए । समुदायमा अधिकांश मानिसहरू पिउनको लागि मुहान कुवाको स्रोतमा निर्भर रहने, मुहान कुवाको उपयूक्त व्यवस्थापन संरक्षण नभएको, फोहोर व्यवस्थापनका समस्या, बर्खायामको भलका कारण स्रोतमानै पानी प्रदुषित हुने, अधिकांश घरमा पानीको शुद्धिकरण नहुने हुँदा अधिकांश समुदायका मानिसहरू शुद्ध पिउने पानीको अभावबाट हुने स्वास्थ्य समस्या जस्तै झाडापखाला, आँउ, टाइफाइड, ज्वरो रूघाखोकीको जोखिममा रहेको तथ्यांक र सामुदायिक छलफलबाट जानकारीमा आएको थियो । त्यसैमा आधारित रहि घरेलु स्तरमा नै पानीलाइ उमालेरमात्र पिउने, उपलब्धताअनुसार फिल्टर वा क्लोरिन बिधिद्वारा शुद्धिकरण गर्न सकिने, पानीको स्रोत सरसफाइ संरक्षणमा पनि ध्यान पुर्याउन पर्ने, पानी प्रयोग हुने भाँडाको सरसफाइ साथै व्यक्तिगत सरसफाइमा पनि सतर्क हुनुपर्ने कुराहरू कार्यक्रम आयोजकले सुझाएका थिए । कार्यक्रम संचालकले गोरखा संसारलाइ कार्यक्रमका बारेमा जानकारी गराउँदै सहभागी जनसमुदायका प्रतिक्रिया अनुसार कार्यक्रम जनचेतनामुलक, उपयोगी रहेको र शुक्ष्म स्वास्थ्य कार्यक्रम जनसहभागितामा सफलताका साथ सुसम्पन्न भएको जानकारी गराउनुभयो । साथै यहि असार ३१ गते अन्तिम प्रस्तुतिकरण कार्यक्रम गरि सम्पूर्ण सामुदायिक स्वास्थ्य निरूपण प्रयोगात्मक फिल्ड अभ्यासका कार्य पुरा गरि साउन २ गते विश्विविद्यालय फर्कने जानकारी गराउनुभयो ।
थप समाचार
-
शिक्षकहरूका लागि योग, ध्यान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम सम्पन्न
गोर्खा संसारFebruary 11, 2026गोर्खा, माघ २८ गते गोर्खाको पालुङटार नगरपालिका मा शिक्षकहरूका लागि योगदान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम केन्द्रमा सम्पन्न भएको छ। पालुङटार नगरपालिका स्वास्थ्य शाखाक... -
आँबुखैरेनी योग तथा खुसी समाजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
गोर्खा संसारFebruary 7, 2026आँबुखैरेनी, २४ माघ । आँबुखैरेनी योग तथा खुसी समाज, आँबुखैरेनी तनहुँको दोस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइ समितिको सभाहलमा आय... -
आँबुखैरेनीमा निःशुल्क आँखा शिविर सम्पन्न, ८९ जनाको मोतियाबिन्दु शल्यक्रिया
गोर्खा संसारFebruary 3, 2026आँबुखैरेनी (तनहुँ) — आँबुखैरेनी गाउँपालिकाद्वारा नेपाल नेत्रज्योति संघ तथा भरतपुर आँखा अस्पताल, चितवनको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। २०८२ साल माघ १३... -
महोत्सवमा खाद्य डिभिजनको अनुगमन
गोर्खा संसारJanuary 16, 2026दमाैली तनहुँको दमौलीमा जारी छैठौं आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव स्थलमा खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण ड... -
सिम्रिक एयरको हेलिकोप्टरबाट उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार
गोर्खा संसारNovember 13, 2025उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका वडा नं. ६ ताजुबाट सुत्केरी महिला रिञ्जिन पाल्मो लामाको उद्धार गरिएको गाउँपालिकाको स... -
पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव
गोर्खा संसारOctober 12, 2025गोरखा । पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्...
