अाज (असार २८ गते) बिहिबारका दिन पोखरा विश्वविध्यालय जनस्वास्थ्य समुह ‘क’ विद्यार्थीहरूद्वारा जीवन ज्योती मा वि सभागृह हलमा लक्षित समुहहरूको उपस्थितिमा सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम अन्तरगतको शुद्ध पिउने पानी विषयक शुक्ष्म स्वास्थ्य परियोजना कार्यक्रम सुसम्पन्न भएको छ । कार्यक्रम आयोजक टिमले यसअघि समुदायमा सामुदायिक स्वास्थ्य निरूपण प्रयोगात्मक फिल्ड अभ्यासका क्रममा समुदायबाट नमुना तत्थ्यांक संकलन गरि प्रमुख समस्या प्राथमिकिकरण गरि समुदायकै संलग्नतामा वास्तिवक समस्या पहिचान गरि प्रथम समस्याको रूपमा पर्न गएको शुद्ध पिउने पानीको समस्यामा केन्द्रित रहि कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा टिम लिडर तथा कार्यक्रम संचालक समुन्द्र लगुन लगायत प्रकृति रेग्मी, अर्चना सापकोटा, अस्मिता रानभाट, दिभ्या देवकोटा, सामना मरासीनी, सुजता कडेल, सगुन कुमाल, सदिक्षा भ०डारी, प्रेक्षा धामीले शुद्घ पिउने पानीको महत्व, दुषीत पिउने पानीका स्वास्थ्य असरहरू, पानी शुद्धीकरणका उपाय तथा बिधिहरू लगायतका विषय प्रस्तुतीकरण, प्रदर्शनीका साथै र्याली कार्यक्रम गरि जनचेतना जगाएका थिए । समुदायमा अधिकांश मानिसहरू पिउनको लागि मुहान कुवाको स्रोतमा निर्भर रहने, मुहान कुवाको उपयूक्त व्यवस्थापन संरक्षण नभएको, फोहोर व्यवस्थापनका समस्या, बर्खायामको भलका कारण स्रोतमानै पानी प्रदुषित हुने, अधिकांश घरमा पानीको शुद्धिकरण नहुने हुँदा अधिकांश समुदायका मानिसहरू शुद्ध पिउने पानीको अभावबाट हुने स्वास्थ्य समस्या जस्तै झाडापखाला, आँउ, टाइफाइड, ज्वरो रूघाखोकीको जोखिममा रहेको तथ्यांक र सामुदायिक छलफलबाट जानकारीमा आएको थियो । त्यसैमा आधारित रहि घरेलु स्तरमा नै पानीलाइ उमालेरमात्र पिउने, उपलब्धताअनुसार फिल्टर वा क्लोरिन बिधिद्वारा शुद्धिकरण गर्न सकिने, पानीको स्रोत सरसफाइ संरक्षणमा पनि ध्यान पुर्याउन पर्ने, पानी प्रयोग हुने भाँडाको सरसफाइ साथै व्यक्तिगत सरसफाइमा पनि सतर्क हुनुपर्ने कुराहरू कार्यक्रम आयोजकले सुझाएका थिए । कार्यक्रम संचालकले गोरखा संसारलाइ कार्यक्रमका बारेमा जानकारी गराउँदै सहभागी जनसमुदायका प्रतिक्रिया अनुसार कार्यक्रम जनचेतनामुलक, उपयोगी रहेको र शुक्ष्म स्वास्थ्य कार्यक्रम जनसहभागितामा सफलताका साथ सुसम्पन्न भएको जानकारी गराउनुभयो । साथै यहि असार ३१ गते अन्तिम प्रस्तुतिकरण कार्यक्रम गरि सम्पूर्ण सामुदायिक स्वास्थ्य निरूपण प्रयोगात्मक फिल्ड अभ्यासका कार्य पुरा गरि साउन २ गते विश्विविद्यालय फर्कने जानकारी गराउनुभयो ।
थप समाचार
-
नसर्ने रोगसम्बन्धी स्क्रिनिङ कार्यक्रममा एकै दिनमा करिब साढे ५०० सेवाग्राहीले लिए सेवा
गोर्खा संसारJune 28, 2025"जनतासँग गण्डकी प्रदेश सरकार” भन्ने मूल मर्म का साथ गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं ८ स्थित धुवाकोट स्वास्थ्य चौकीमा आज सम्पन्न भएको नसर्ने रोगहरूको बृहत स्क्रिनिङ कार्यक्... -
उर्लाबारीका एक हजार दुई सय ९७ जना महिला लाभान्वित
गाेर्खा संसारJune 27, 2025उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पौडेलको पहलमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको भीआईए चेकजाँच तथा स्वास्थ्य साक्षरता शिविरबाट एक हजार दुई सय ९७ जना लाभान्वित भएका छन्... -
मुलुकभर डेंगी, १४०० बढी संक्रमित
गाेर्खा संसारJune 23, 2025काठमाडौँ — मुलुकभर डेंगी संक्रमितको संख्या १ हजार ४ सय नाघेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगी संक्रमितको संख्या ६ महिनामा... -
वायु प्रदूषणले निम्त्याएको स्वास्थ्य समस्या, वार्षिक २६ हजारको मृत्यु
गाेर्खा संसारJune 18, 2025काठमाडौं वायु प्रदूषणले नेपालमा वार्षिक करिब २६ हजार जनाको अकालमा मृत्यु भइरहेको र नेपालीको आयु सरदर ३ वर्ष ४ महिनाले घटाइरहेको तथ्यांक सार्वजनिक भएको छ । विश्व बैंकको ताजा रिप... -
नेपाल मेडिकल कलेजमा पहिलाे पटक एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट मिर्गाैलाकाे पत्थरी निकालियो
गोर्खा संसारMay 23, 2025काठमाडौं । नेपाल मेडिकल कलेजमा २३ वर्षीय बिरामीको एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी (ECIRS) बाट मिर्गौलाको पत्थरी निकालिएको छ । कलेजको युरो सर्जरी विभागले लोप्साङ पाल्देनको... -
एआई एक्सरे प्रविधिद्वारा ३१२ जनाको परीक्षण: दुई जनामा क्षयरोग पुष्टि
गोर्खा संसारMay 6, 2025गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित च्याङ्ली स्वास्थ्य चौकीमा एआई प्रविधिद्वारा एक्सरे गरी छाती रोग सम्बन्धी खोज पड्ताल गर्दा दुईजनामा क्षयरोग भएको पुष्टि भएको ...