तनहुँ, जेठ ३ गते

नेपाल पत्रकार महासंघ तनहुँले भानु नगरपालिकाको सहयोगमा मस्र्याङदी नदी जलविहार कार्यक्रम गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित शनिबार भानु
नगरपालिका–३ को तुरतुरेबाट आँवुखैरेनी गाउँपालिका स्थित अकला मन्दिरसम्म जलविहार गरिएको थियो ।
मस्र्याङ्दी नदीमा जलविहारको सम्भावना रहनुका साथै यसबाट पर्यटन प्रवद्र्धन गर्न सकिने भएकाले
नगरपालिकासँगको समन्वयमा जिल्लास्थित सञ्चारकर्मीलाई जलविहारको व्यवस्था मिलाइएको नेपाल पत्रकार महासंघले जनाएको
छ ।
पत्रकारहरूले यस क्षेत्रमा जलविहारको सम्भावनाबारे
सञ्चारमाध्यमबाट प्रचार प्रसार गर्ने भएकाले यसले भानुको पर्यटन प्रवर्दनमा टेवा पुग्ने विश्वासका
साथ जलविहारको कार्यक्रम गरिएको महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले बताए ।
जलविहारमा सहभागी नेपाल पत्रकार महासंघका काेषाध्यक्ष पूर्ण विकले मस्र्याङ्दी नदी जलविहारका लागि सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रचार प्रसार गरी पर्यटन प्रवर्दन गर्न सकिने बताए ।
यस्तै, भानु–९ काे चितीखोलामा रहेकाे ग्रीन हिमालय होमस्टे (घरबास)मा पर्यटन विकास तथा मस्र्याङ्दी नदीमा साहसिक जलयात्रा प्रवद्र्धन कार्यक्रम सम्बन्धी अन्तरक्रियामा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले पर्यटन प्रवर्द्धन र पर्यटकीय गन्तव्यको संरक्षणलाई नगरपालिकाले प्राथमिकता दिएको बताए ।
उनले भने, ‘पर्यटन प्रवद्र्धनका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने र पत्रकारहरूले यस क्षेत्रको प्रचार प्रसारमा सहकार्य र समन्वय गर्नुहुनेछ ।’