फागुन २ गतेदेखि ७ गतेसम्म अकला मा.वि.काे स्वर्णजयन्ती ः प्रधानमन्त्री प्रमुख अतिथि

पाैष २९, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ धुवाँकाेटस्थित अकला माध्यमिक विद्यालयकाे स्वर्ण जयन्त्ती कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ प्रमुख अतिथिकाे रूपमा अामन्त्रण गरिने भएकाे छ ।

स्वर्ण जयन्ती समाराेह कार्यक्रम सञ्चालनका बिषयमा बिद्यालयमा पाैष २८ गते बसेकाे बैठकले प्रधानमन्त्री दाहाललाइ निमन्त्रणा गर्ने निर्णय गरिएकाे हाे । गत बर्ष नै स्वर्ण जयन्ती मनाउने निर्णय गरिएकाे भएतापनि काेराेनाका कारण स्थगित गरिएकाे थियाे ।

अागामी फागुन २ गतेदेखि ७ गतेसम्म विविध कार्यक्रम गरी स्वर्ण जयन्ती मनाउने निर्णय गरिएकाे संचार संयाेजक रविन्द्र कंडेलले जानकारी दिनुभयाे ।

स्वर्ण जयन्ती भव्य रूपले सफल बनाउनकाे लागि गत बर्ष नै बिभिन्न उपसमितहरू गठन गरिसकेकाे छ । तिनै उपसमितिहरूलाइ सक्रिय बनाइ कार्यक्रम सञ्चालन गर्न लागिएकाे बिद्यालयका प्रधानाध्यापक राजेन्द्र अंगाइले बताउनुभएकाे छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबाबु श्रेष्ठकाे अध्यक्षतामा स्वर्ण जयन्ती सञ्चालनका लागि २३ सदस्यीय उपसमिति गठन गरेकाे छ । त्यस्तै गरी बिद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र राेकाकाे संयाेजकत्वमा स्वर्णजयन्ती स्मारिका प्रकाशन उपसमिती गठन भएकाे छ । त्यस्तै गरी अनुगमन तथा मूल्याँकन उपसमितिका संयाेजकमा क्षेत्रजंग भण्डारी, एेतिहासिक अभिलेख संकलन उपसमितिकाे संयाेजकमा कृष्णराज पाठक, सांस्कृतिक उपसमिति संयाेजकमा कमल काराखेती, स्वर्णद्वार निर्माण उपसमिति संयाेजकमा वडाध्यक्ष हाेप बहादुर नेपाली, स्वर्णस्तम्भ निर्माण उपसमिति संयाेजकमा अमृत प्रसाद काराखेती, स्वयंसेवक परिचालन उपसमिति संयाेजकमा भीम बहादुर तामाङ,  खेलकुद उपसमिति संयाेजकमा शिक्षक काजीराम परियार, मञ्च व्यवस्थापन उससमिति संयाेजकमा प्रेम बहादुर तामाङ, साजसज्जा संयाेजकमा सुधा बाेगटी र अतिथि सत्कार उपसमिति संयाेजकमा राजन श्रेष्ठ, बिज्ञापन संकलन संयाेजकमा ध्रुव सिलवाल, स्वागत संयाेजकमा अाशा नेपाली, संचार संयाेजकमा रबिन्द्र कंडेल, जलपान व्यवस्थापन संयाेजकमा शुसिला काराखेती, शिलालेख लेखन संयाेजकमा इच्छाकाजी श्रेष्ठ, प्रचार प्रसार संयाेजकमा किरण अधिकारी रहेका छन् ।

स्वर्ण जयन्तीकाे लागि गत बर्ष नै केही अार्थिक संकलन पनि भएकाे छ । स्वर्णजयन्तीकाे अवसरमा बिद्यालयमा खेलकुद, स्थानीय झाँकीहरू प्रस्तुत, स्मारिका बिमाेचन लगायतका बिबिध कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.