गाेरखा, फागुन २५
गाेरखाकाे पालुङटार नगरपालिकाका बिद्यालयहरूमा कार्यरत लेखा कर्मचारी, बालसहयाेगी शिक्षिका र कार्यालय सहयाेगीकाे तलब रू.१५ हजार दिन माग गर्दै पेशागत संघसंगठनहरूले माग गरी ध्यानाकर्षणपत्र बुझाएका छन् ।
नगरपालिका कार्यालयका शिक्षा शाखाकी अधिकृत करूणा पनेरू, प्रमुख प्रशाशकीय अधिकृत रामकृष्ण अर्याल र उप प्रमुख पम्फा बसेललाइ सवै पेशागत संस्थाहरूले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ध्यानाकर्षण पत्रमा २०७८/०७८ काे बजेटमा संघीय सरकारले मुलुकभरका सामुदायिक बिद्यालयमा कार्यरत लेखा कर्मचारी, बालसहयाेगी शिक्षिका र कार्यालय सहयाेगीकाे तलब रू.१५ हजार श्रावण १ गतेदेखि नै दिने घाेषणा भएकाे र अधिकाँश स्थानीय निकायहरूले कार्यान्वयन गरिसकेकाे भए पनि यस पालिकामा भने हालसम्म कार्यान्वयन नगरिएकाले संघिय सरकारकाे निर्णय अनुसारकाे पारिश्रमिक उपलब्ध गराउन माग गरिएकाे छ ।
ध्यानाकर्षण पत्रमा शिक्षक महासंघ पालुङटारका अध्यक्ष र सचिव, नेपाल शिक्षक संघका अध्यक्ष, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष, नेपाल राष्टिय शिक्षक संगठनका अध्यक्ष ले हस्ताक्षर गरेका छन् ।
संघीय सरकारले संघबाट रू.८ हजार बिनियाेजन गरिएकाे र कम्तीमा रू.७ हजार स्थानीय निकायबाट थप गरी दिन निर्देशन गरेकाे छ ।