Gorkha Sansar

जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सिन्धुली,चैत ३ –

सिन्धुलीमा मंगलबार आज दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। ७ जना घाइते भएका छन्। जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। कमलामाई नगरपालिका–७ करुन डाँडा भन्ने ठाउँमा जिप दुर्घटना भएको उनले बताए। घुम्तीमा मोड्ने क्रममा जिप खसेको हुन सक्ने उनको भनाइ थियो।

घाइतेलाई सिन्धुली अस्पतालमा उपचारका लागि लगिएको छ। जिप चालकको अवस्था गम्भीर भएको प्रजिअ न्यौपानेले बताए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.