Gorkha Sansar

पूर्व विद्यार्थीहरूद्वारा शैक्षिक सामग्री बितरण

गाेरखा, फागुन २ गते

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं.६ मा अवस्थित पूर्थाेेक प्राथमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाइ साेही विद्यालयका पूर्व विद्यार्थीहरूले शैक्षिक सामग्रीहरू तथा खेलकुद सामग्रीहरू बितरण गरेका छन् ।

उक्त बिद्यालयकाे अवस्था कमजाेर हुँदै गएकाे र बिद्यार्थी संख्या कम हुँदै गएकाेले विद्यार्थीहरूकाे अाकर्षण बढाउने उदेश्यका साथ यस्ताे कार्यक्रम ल्याएकाे पूर्व विद्यार्थी निरज श्रेष्ठले बताउनुभयाे ।

साे विद्यालयमा अध्ययन गरी हाल बिभिन्न स्थानमा रहेका पूर्व विद्यार्थीहरूले बिशेष पहल गरी साे विद्यालकाे बिरासत जाेगाउन महत्वपूर्ण भूमिका हुने पूर्व विद्यार्थीहरूले बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण श्रेष्ठकाे अध्यक्षता र वडा नं. ६ का वडा सदस्य भगवान मल्लकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा समाजसेवी पुन नारायण श्रेष्ठ, चेत बहादुर गुरूङ, भूमिनारायण मल्ल ले अाफ्ना भनाइ राख्दै विद्यालयकाे बिरासत जाेगाउनुपर्ने बताएका थिए । त्यस्तै गरी कार्यक्रममा पूर्व विद्यार्थीहरू अवि गुरूङ, रविन्द्र कंडेल लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयकी शिक्षिका दिप्पि थापाले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने प्रधानाध्यापक शिव प्रसाद सेडाइले धन्यवाद मन्तव्य राख्नुभएकाे थियाे ।

अागामी बर्षहरूमा बिभिन्न स्थानमा रहेका अन्य पूर्व विद्यार्थीहरू सँग समेत समन्वय गरी हरेक बर्ष साे विद्यालयमा अध्ययन गर्ने सवै विद्यार्थीहरूका लागि शैक्षिक सामग्री तथा ड्रेसहरू हरेक बर्ष प्रदान गर्ने प्रतिवद्दता समेत व्यक्त गरिएकाे थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.