Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
आँबुखैरेनी गाउँपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २

आँबुखैरेनी गाउँपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २

आँबुखैरेनी, ८ असोज
तनहुँ आँबुखैरेनीबासीका लागि एकाबिहानै अर्को एक दु:खद खबर आएको छ। तनहुँ आँबुखैरेनीका एक पुरुषको बिहिबार विहान कोरोना संक्रमणका कारण ज्यान गएको दु:खद खबर आएको हो।
चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेका आँबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको विहान १२ः५५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
गत भाद्र २९ गते डायलसिसका लागि कलेजमा भर्ना भएका उनमा ३१ गते संक्रमण पुष्टि भएको थियो।
त्यस यता सघन कक्षमा राखेर उपचार गराइरहेकामा उनको विहान निधन भएको अस्पतालले उल्लेख गरेको छ । उनको परिवारको २ जना ३३ वर्षीया महिला र ८ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो।

अहिलेसम्म आँबुखैरेनी गाउँपालिकामा मृत्यु हुनेको संख्या २ पुगेको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.