Gorkha Sansar

लकडाउनकै बिचमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक सुवेदीको सरुवा

आँबुखैरेनी, ११ जेठ
विश्वव्यापी कोरोना भाईरस संक्रमणको प्रभावका कारण नेपालमा भैरहेको लकडाउनकै बिचमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक बुद्धि प्रसाद सुवेदीको सरुवा भएको छ। निरिक्षक सुवेदीको जिल्ला प्रहरी कार्यालय पर्वतमा आज काज सरुवा भएको हो।
स्रोतले जानकारी दिए अनुसार इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा अब प्रहरी निरिक्षक बिकाश थापा आउने भएका छन्। थापा जिल्ला प्रहरी कार्यालय पर्वतबाट सुवेदीको ठाउँमा काजमा सरुवा भई आँबुखैरेनी आउने भएका छन्।
पाँच महिना अघि मात्र आँबुखैरेनी आएका प्रहरी निरिक्षक बुद्धि प्रसाद सुवेदीले छोटो समयमा आँबुखैरेनीमा केहि समय पहिले भएको प्रेमीसँग मिलेर पति हत्या गरेको घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याएका थिए।
यस्तै उनले पछिल्लो क्रममा लकडाउनको बेला मध्यरातमा बालुवा तस्करी गर्ने दर्जन जति ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो। यहि कारण उनको सरुवा भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.