क्यान्सरपीडित सानु लामा सहयोग अभियान बाट संकलित रकम हस्तान्तरण

सन्तोष बस्नेत(जापन)

क्यान्सरपीडित सानु लामा सहयोग अभियान बाट संकलित रकम सोमबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको थियो। जापानमा सनराईज न्युज पोस्टले सुरु गरको अभियानबाट संकलित रकम १लाख ८३ हजार येन बिरामीको निवासमा पुगी हस्तान्तरण गरिएको थियो। काभ्रेपलान्चोक जिल्ला चौंरीदेऊराली गाऊँपालिका वडा नं ८ घर भई हाल जापानमा हुनुहुने सानु लामा क्यान्सर रोगको उपचार गर्दै हुनुहुन्छ ।

 

कार्यक्रममा माउन्ट नेपाल टि. भि का सञ्चालक निर्मल तिमिल्सिनाले जापान लगयत अन्य देश बाटसहयोगी संघ सस्था , प्रत्रकार , ब्यबसाई , सामाजिक अभियान्ता , जापानमा रहनु भएका नेपालीहरु बाट बिरामीको जे पि बैंकमा आयको सहयोग रकम ५ लाख ४५ हजार येन आयको जानकारी दिनुभयो। 

 

सहयोगको लागि जापानबाट सनराईज न्युज पोस्ट जापान सम्पर्क टिमले सहयोग सन्कलन गरको थियो | कार्यक्रममा बोल्दै बिमल भण्डारीले बिरामीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको बिरामीको उपचारका लागि फेरि पनि सहयोग गर्ने प्रतिबद्धताका साथ सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्दै बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

 

कार्यक्रममा बोल्दै बिरामी सानो लामाले आफ्नो स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको हुनाले अब बाँच्ने आशा रहेको त्यस्तैगरी अभियान सञ्चालक  लगायतका देशविदेशबाट सहयोग गर्ने सम्पूर्ण लाई सहयोगीलाई  सहयोग गर्नु भएको प्रति धन्यबाद दिनुभयो।

 

हस्तान्तरण कार्यक्रममा गणेश भण्डारी, सुरेन्द्र पौडेल, बिनोद कडेल, नारायण सुबेदी, दिनेश खत्री, पत्रकारको उपस्थितीमा सम्पन् भयको थियो। सहयोगको लागि जापानबाट जे पि बैंक खाता नं १२१९०-९१२८९८६१ मा सिधै बिरामीको आफ्नै खातामा पैसा हाली पनि सहयोग गर्न सक्नु हुन्छ | 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.