Skip to main content

Gorkha Sansar

पालुङटारमा सम्पन्न रक्तदान कार्यक्रममा ७३ जनाले गरे रक्तदान

पालुङटारमा सम्पन्न रक्तदान कार्यक्रममा ७३ जनाले गरे रक्तदान
गोरखा। गोरखाको पालुङटार नगरपालिका–५, ठाँटीपोखरीस्थित समी चौतारामा आयोजित रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका छन्।
बिमला विनिस्मा पन्त फाउन्डेसनको आयोजनामा २०८३ साल कात्तिक २२ गते आइतबार सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा स्थानीयवासी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
रक्तदान जीवनदान भन्ने मूल भावनालाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रममा ७३ जना रक्तदाताले रक्तदान गरी मानवीय सेवामा योगदान पुर्‍याएका हुन्।
कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी तथा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र, भरतपुर चितवनले गरेका थिए। त्यसैगरी एकता र कर्मशील पालुङटार तथा अकबरे मल्टी एग्रोले सहयोगी भूमिका निर्वाह गरेका थिए सहयोगी संस्था, स्वयंसेवक तथा सहभागीहरूप्रति आयोजक बिमला विनिस्मा पन्त फाउन्डेसनले आभार व्यक्त गरेको छ।
रक्तदानले मानवीय सेवा, सामाजिक एकता र परोपकारी भावनालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.