Gorkha Sansar

चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किए

काठमाडौं- चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् ।

अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ ।

स्टेसननजिक रहेका ८ जना यात्रुको भर्‍याङ लगाएर उद्धार गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ। तर, जंगलको बीचमा रहेका डब्बाबाट यात्रुलाई उद्धार गर्न कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।

अड्किएका यात्रुलाई वैकल्पिक उपायाबाट तल्लो स्टेसनमा झार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त थानकोटका अनुसार जेनेरेटर चलाउन नसकिएपछि अहिले केवलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेसनमा झार्ने प्रयास भइरहेको छ।

source: palikalive

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.