Gorkha Sansar

पानी हाल्ने ट्यांकरको ठक्करबाट कैनीको मृत्यु

पृथ्वीराजमार्गमा पानी हाल्ने ट्यांकरको ठक्करबाट व्यास नपा–१२ का प्रविन कैनीको मृत्यु भएको छ ।

सोमबार दिउँसो २ बजे व्यास नगरपालिका वडा नम्बर १ मुसेखोला स्थित पृथ्वीराजमार्गमा पानी हालेर दमौली तर्फ फर्कदै गरेको बा।प्र।०१–००१ अ।य।००३९ नम्बरको पानी ट्याङकरले सोही दिशा तर्फ आउदै गरेको ग १९प ८३०३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक व्यास नगरपालिका वडा नम्बर १२ घर भएका २९ बर्षिय कैनीको टाउकोमा गम्भीर चोट लागी घाइते भई उपचारको लागी जिल्ला अस्पताल दमौली ल्याईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


कैनी व्यास नगरपालिकामा पुर्वाधार शाखाका इन्जिनियरको रुपमा कार्यरत थिए । उक्त घटनापछि मृतकका आफन्त स्थानीय बासिन्दाले पृथ्वीराजमार्ग अवरुद्ध गराए । राजमार्गमा टायर बालेर अबरुद्ध गराउँदा सयौं सवारी साधनहरु रोकिएका छन् ।

यसैविच जिल्ला प्रशासन कार्यालयले उक्त घटनामा संलग्न ट्याङ्कर र ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही अगाडी बढाइएको हुँदा राजमार्ग अवरुद्ध नगर्न अनुरोध गरेको छ । यस घटनालाई लिएर पृथ्वी राजमार्ग बन्द गर्दा राजमार्गमा आवतजावत गर्ने एम्बुलेन्स सहितका विरामी, छोटो तथा लामो दुरीका सबारी साधन आवतजावत गर्न नपाउँदा हजारौ यात्रुहरु अलपत्र पर्ने परिस्थिति सिर्जना हुने भएकोले उक्त घटनालाई लिएर राजमार्ग अवरुद्ध नगरिदिनु हुन जिल्ला प्रशासन कार्यालय तनहुँले सरोकारवाला सबै पक्षहरुलाई अनुरोध गरेकाे छ !

Madhyanepal

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.