देउवासँग मञ्जु खाणको आक्रोश- बालकृष्णलाई फसाईँदा पार्टी के हेरेर बसेको छ ?

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणकी श्रीमती तथा प्रतिनिधिसभा सदस्य मञ्जु खाणले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई उनको निवासमै पुगेर भेटेकी छन् । उनले देउवासँग शरणार्थी प्रकरणमा आफ्नो श्रीमानलाई पार्टीले बचाउ नगरेको भन्दै आक्रोश पोखिन् । बालकृष्ण पक्राउ परेपछि सम्पर्कविहीन बनेकी मञ्जु गत शुक्रबार मात्रै सार्वजनिक भएकी हुन् । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन तयार गरेपछि मात्रै उनी श्रीमान भेट्न हिरासत पुगेकी थिइन् । आज भने पार्टी सभापतिलाई भेटेर उनले आफ्नो कुरा राखेकी हुन् ।

मंगलबारको भेटमा मञ्जु सभापति तथा अन्य नेतृत्वसँग आक्रोशित रुपमा प्रस्तुत भएको स्रोतले बताएको छ । उनले धुम्बाराहीमा पुगेर नेता खाणलाई मात्रै फसाउने गरी केही मिडिया, प्रहरी र दलका नेताहरु लागिपरेको बताइन् । ‘खानेबेलामा को-को मिलेर खाए होलान्, अहिले बिनाप्रमाण बालकृष्णले मात्रै सजाय भोग्नुपर्ने ? पार्टी के गरेर बसेको छ ? यसको वास्तविकता के हो ?’ उनले प्रश्न गरेकी थिइन् । सभापति देउवाले मञ्जुलाई अनाहकमा कोही नफस्ने र पार्टीले यसमा पहल गरिरहेको बताएर आश्वस्त पार्न खोजेका थिए ।
नेता खाणका विषयमा तरुण दलका अध्यक्ष विद्धान गुरुङसहितका नेताहरुले पनि आज सभापति देउवालाई भेटेर कुराकानी गरेका छन् । सो अवसरमा टोलीलाई देउवाले खाणको बारेमा धेरै चिन्ता नलिन आग्रह गरेका थिए । मिडिया र प्रहरीले एकपक्षीयरुपमा दोषी देखाएर प्रमाणित नहुने बताउँदै उनले बिनाप्रमाण लगाएका यस्ता आरोप गलत सावित हुने विश्वास दिलाएको सहभागी एक नेताले जानकारी दिए । ‘तपाईहरुलाई जस्तै चिन्ता मलाई पनि लागेको छ नि, केही मिडिया र प्रहरीले दोषी करार गरेर हुँदैन । बिनाप्रमाण दोषी बनाउन मिल्दैन । बालकृष्ण खाणको धेरै चिन्ता लिनुपर्दैन,’ सहभागी एक नेताले देउवाको भनाइ उद्वृत गर्दै भने ।

बालकृष्ण खाणका विषयमा कुरा गर्न मंगलबार धुम्बाराहीमा विभिन्न प्रदेशबाट संस्थापन पक्षका नेताहरु गएको बताइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा वैशाख २७ गते बिहान पूर्वगृहमन्त्री खाण पक्राउ परेका थिए । उनलाई प्रहरीले चाबहिलको मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले खाणलाई गृहमन्त्रालयमै पुगेर एक करोड २४ लाख बुझाएको बयान दिएका छन् । पाण्डेलाई खाण आफैले गृहमा ल्याएका थिए ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.